संविधान सभा सदस्य रुंगटा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

कांग्रेसका केन्द्रीय अध्यक्ष शेर बहादुर देउवाले संविधान सभा सदस्य समेत रहेका रुंगटालाई बिहीबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सम्वादाता | २०८० असोज ४ गते १८: २८ मा प्रकाशित

वीरगन्ज – नेपाली कांग्रेस पर्साका नेता अनिल रुंगटा पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कांग्रेसका केन्द्रीय अध्यक्ष शेर बहादुर देउवाले संविधान सभा सदस्य समेत रहेका रुंगटालाई बिहीबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

देउवाले पार्टीको विधान बमोजिम रुंगटा सहित ८ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मानबहादुर विश्वकर्मा (अर्घाखाची), अर्जुनप्रसाद जोशी (पर्वत), डा.चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक)०, किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद पौड़ेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्