काठमाडौं – अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । प्रहरीले वीरगञ्जमा उक्त कार्टुन बक्स लिन आउने वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको छ ।
त्यस्तै भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ ।
त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरा, पर्वत,लमजुङ, गोरखा, तनहुँ , मकवानपुर, काठमाडौं लगायत क्षेत्रमा पानी परेको छ। काठमाडौंमा भने धेरै वर्षा भएको छैन, सुन्दरीजलमा ४ मिमि र बुढानिलकण्ठ २.८ मिमि पानी परेको छ । काठमाडौं ३० चैतपछि आइतबार वर्षा भएको हो ।त्यतिखेर २.५ मिमि वर्षा रेकर्ड भएको थियो।
आयोगका अनुसार कोशी प्रदेशको मोरङ जिल्लामा, मधेशको धनुषामा, बागमतीको मकवानपुरमा, लुम्बिनीको दाङमा, गण्डकीको कास्कीमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको कैलालीमा विषयगत लिखित परीक्षा हुने आयोगले जनाएको छ ।
२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’
गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार भएको प्रदेश विपद् व्यवस्थापन समितिको बसेको बैठकले प्रति परिवार १० हजार वितरण गर्ने निर्णय गरेको छ । सो बैठकले सर्लाही, सप्तरी र महोत्तरी जिल्लामा भएको आगलागीका कारणले ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्