पत्रकार महासंघको १५ बुंदे मापदण्ड विपरितका निर्णय मान्य हुंदैन् : ८ वटा जिल्ला शाखा अध्यक्षको संयुक्त विज्ञप्ति
जिल्ला शाखाबाट सर्वसम्मत र बुहमतले पारित भएका नामहरु समेत हटाउने काम प्रदेशबाट भएका छन् । विवादै नभएका जिल्लामा समेत आफ्नो स्वार्थपूर्तिका लागि विवाद देखाइएको छ ।
वीरगन्ज– नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठ वटै जिल्लाका शाखा अध्यक्षले शाखालाई कमजोर पार्ने नियतले भएका सिफारिस र निर्णयलाई नमान्ने सहमति गरेका छन् ।
प्रदेश राजधानी जनकपुरमा मंगलबार पर्सा, वारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरी शाखाको अध्यक्षहरुको भेलाले शाखाले गरेका सदस्यहरुको नविकरण तथा नयां सदस्यता सिफारिसलाई बेवास्ता गर्दै जिल्ला शाखालाई कमजोर पार्ने नियतले कही कतैबाट कुनै निर्णय भएको खण्डमा सशक्त आन्दोनमा उत्रिन बाध्य हुने जनाएका छन् ।
भेला पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा सर्लाही अध्यक्ष टंक क्षेत्री, वारा अध्यक्ष रेशम तिवारी, धनुषा अध्यक्ष मनिका झा, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्सा अध्यक्ष अनुप तिवारी, महोत्तरी का.वा.अध्यक्ष हेमकुमारी बराल, सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोज बनैताले हस्ताक्षर गरेका छन् ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुंदे मापदण्ड अनुसार जिल्लामा रहेका सदस्यहरुको नविकरण तथा नयां सदस्यताको विषय सम्बन्धित जिल्ला शाखाको अधिकार भित्र रहेको सर्वविदितै छ ।
जानकारका अनुसार भदौ पहिलो साता नेपाल पत्रकार महासंघ मधेस समितिले केन्द्रमा पठाएको नामावलीहरुमा ८ वटै जिल्लामा व्यापक असन्तुष्टि रहेको छ । केन्द्रले आधिकारिक रुपमा प्रदेशले पठाएको नामावली हालसम्म सार्वजनिक गरेको छैन् ।
सदस्यता नविकरण र नयां सदस्यता वितरणका लागि केन्द्रले जारी गरेको १५ बुंदे मापदण्ड विपरित मधेश प्रदेशका पदाधिकारीले मनोमानी रुपले नाम सिफारिस गरेको पाइएपछि ८ वटै जिल्लाका अध्यक्षहरुले विरोध जनाएका हुन् । जिल्ला शाखाबाट सर्वसम्मत र बुहमतले पारित भएका नामहरु समेत हटाउने काम प्रदेशबाट भएका छन् । विवादै नभएका जिल्लामा समेत आफ्नो स्वार्थपूर्तिका लागि विवाद देखाइएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्