नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन् ।

सम्वादाता | २०८० भदौ २६ गते १५: २५ मा प्रकाशित

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरे ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको सोमबार राति हृदयाघातका कारण निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्