वीरगन्जको नेशनल मेडिकल कलेज सहित २६ वटा स्वास्थ्य संस्थालाई बीमा बोर्डले सूचीबाट हटायो

स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

सम्वादाता | २०८० भदौ ८ गते १७: १८ मा प्रकाशित

वीरगन्ज– स्वास्थ्य बीमा बोर्डले वीरगन्जको नेशनल मेडिकल शिक्षण अस्पताल सहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

 

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्