वीरगन्ज महानगरका केही उच्चपदस्थले मेरो चरित्र हत्या गर्ने काम गरे – वडाध्यक्ष जयप्रकाश 

तर, भोलिपल्ट वडाध्यक्षलाई दण्डित गरिएको भन्दै उक्त रसिद स्थानीय मिडियाहरुमा दिएर भ्रम फैलाउने काम भएको वडाध्यक्षले गुनासो गरेका छन् ।

सम्वादाता | २०८० भदौ ४ गते १५: ३४ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयप्रकाश साहले महानगरपालिकाका केही उच्चपदस्थ केही व्यक्तिहरुले चरित्र हत्या गरेको आरोप लगाएका छन् ।  आफूले गरेको कामबाट वडावासी सन्तुष्ट भएपनि महानगरपालिका केही उच्चपदस्थ व्यक्तिहरु असन्तुष्ट रहेका छन् ।

कुनै न कुनै रुपले मलाई फसाएर बदनाम गराउने योजनामा ती उच्चपदस्थ लागेका छन् ।  ५/६ दिन अगाडि आदर्शनगर स्थित घरमा माथि कोठाबाट संकलन गरि ल्याएको फोहोर तल ढोकामा राखेको थिए । केही भुस्याहा कुकुरहरुले फोहोरको झोला ढोकाबाट तानेर बाहिर सडकमा ल्याइदिएका थिए । 

‘सडकमा फोहोर देख्ने बित्तिकै मैले सफा गरे,’ वडाध्यक्ष जयप्रकाश भन्छन्, ‘तर, त्यसको भोलिपल्ट करिब १६ घन्टा पछि नगर प्रहरी अफिस आएर फोहोर बाहिर फालेको भन्दै जरिवाना काट्नु पर्छ भने । मैले सीसीटीभी हेर्न भने तर, मानेन् । ल ठिकै छ काट्नुस न त भनेपछि २ हजारको रसिद थमाए ।’ 

तर, भोलिपल्ट वडाध्यक्षलाई दण्डित गरिएको भन्दै उक्त रसिद स्थानीय मिडियाहरुमा दिएर भ्रम फैलाउने काम भएको वडाध्यक्षले गुनासो गरेका छन् । मेरे चरित्र हत्या गर्न उक्त जरिवानाको रसिद मिडियामा सार्वजनिक गरियो ।

आफूले आजसम्म कानुन मिचेर कुनै पनि काम नगरेको उनले दाबी गरेका छन् । समय बलिवान हुने भएकाले समयले नै ती उच्चपदस्थ व्यक्तिलाई जवाफ दिने उनले बताए । ‘आज उहांहरुको समय छ,’ उनले भने, ‘म माथि प्रहार भइरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्