महामन्त्री गगन थापाको निर्देशन पर्सामा काम लागेन्, गुप्ता बनेन् कांग्रेसको क्षेत्रीय सभापति

गुप्तालाई पुनः क्षेत्रीय सभापति बनाएको महामन्त्री थापाको पत्र पार्टीको विधान विपरित आएको जिल्ला सभापति सिंहले दाबी गरे ।

सम्वादाता | २०८० भदौ २ गते १९: ३६ मा प्रकाशित

वीरगन्ज– २ दिन अगाडि मात्र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अरविन्द कुमार गुप्तालाई कांग्रेस पर्साको क्षेत्रीय सभापतिको रुपमा कामकाज गर्न उद्देश्यले पठाएको पत्र काम नलागेको पाइएको छ । बिहीबार साउन ३२ गते महामन्त्री थापाले पार्टीको सांगठिनक गतिविधि र अभियान सञ्चालन गर्ने/गराउने सम्बन्धमा क्षेत्र नम्बर १ का सभापति गुप्तालाई सभापतिको हैसियतमा विधान बमोजिम गर्न गराउन जिल्ला पार्टी र केन्द्रलाई बोधार्थ गर्दै पत्राचार गरेका थिए ।

तर, शनिबार भएको कांग्रेस पर्सा क्षेत्र नं. १ को प्रथम क्षेत्रीय सम्मेलन कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । पार्टीको अनुशासन समितिले गत महिना गुप्तालाई कारवाही गरेपछि सिंह क्षेत्रीय सभापति चयन भएका थिए ।

आज शनिबार भएको  क्षेत्रीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जर्नाधन सिंह क्षेत्री, महानगरका उपमेयर इम्तियाज आलम लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।पार्टीलाई जिल्लालाई पुरानै अवस्थामा फर्काउने प्रयासमा लागेको बताए ।

 

अनुशासन समितिले विद्यायक देखि लिएर सांसदसम्मलाई कारवाही गरेको छ । अनुशासन समिति सर्वोपरि हो । कारवाहीको सिफारिस अनुशासन समितिले निर्णय गरि केन्द्रमा पठाएको हो, अध्यक्ष सिंह भन्छन्, केन्द्रीय अनुशासन समितिले गर्ने निर्णयमा पार्टी अध्यक्ष देउवाले समेत हस्तक्षेप गर्न सक्दैनन् ।

केही युवा नेता मिडिया मैत्री भएपछि नेविसंघको अवस्था खस्केको उनले सुनाए । गुप्तालाई पुनः क्षेत्रीय सभापति बनाएको महामन्त्री थापाको पत्र पार्टीको विधान विपरित आएको जिल्ला सभापति सिंहले दाबी गरे । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले नेपाली कांग्रेस मा लागेका सम्पुर्ण कार्यकार्ता अवसर नमिले पनि निराश हुन जरुरी नरहेको बताए । आफू पनि नेपाली कांग्रेस को लागि धेरै त्याग गरि आएको तथा ३ वर्ष जेल जीवन बिताए को तर कहिले हार न मानेको बताए ।

कार्यक्रममा विशिस्ट अतिथि का रुपमा रहेका नेपाली कांग्रेस का नेता तथा सविधानसभा सदस्य अनिल रुङ्टाले नेपाल को लोकतन्त्र लाई बचाउन वार्हय शक्ति तथा आन्तरिक शक्ति संग लड्दै आएको बताए । नेपाली कांग्रेस नेपाल लगायत नेपाल बाहिर बसेका नेपालीहरु को लागि आशा को केन्द्र रुप मा रहेको छ । अहिलेके को नेपाली कांग्रेस पार्टी को लडाइ देश मा कसरी समृधि ल्याउने भनेर रहेको सम्पुर्ण नेपाली कांग्रेस को नेतृत्व लागेको बताए ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप–मेयर इम्तियाज आलमले नेपाली कांग्रेस पुराना नेता ले विभिन्न त्याग गरेर र देश तथा नेपाली कांग्रेस पार्टी लाई बनाएको बताए । विभिन्न काल खण्ड मा हाम्रा पुराना नेताले जेल नेल काटेर आएको एवम देश को लागि ठूलो बलिदान दिएको बताए ।

त्यस्तै नेपाली कांग्रेस पार्टी लाई बद्नाम गराउन मान्छे को खेल बढी दिन नतिक्ने बताए । त्यस्तै अहिके नेपाली कांग्रेस मा लागेका युवा नेताहरु लाई हरेस नखान उनले आग्रह गरे । आउने दिन मा पार्टी को जिम्मेवारी तपाइहरु को कान्धमा नै आउने छ । तपाइहरु ले नै नेतृत्व गर्नु हुने छ उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्