सशस्त्र प्रहरी पर्साका एसपी सुमन थपलियाको निधन

आराम गरेकै ठाउँमा अचेत भएका थपलियाको नेपाल मेडिसिटी बयोधा अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको रेग्मीले बताए ।

सम्वादाता | २०८० भदौ २ गते १४: ४५ मा प्रकाशित

वीरगन्ज– सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुमन थपलियाको शनिबार निधन भएको छ ।
शनिवार बिहान साइकलमा गढीमाई गएर आएका एसपी थपलियाको दिउँसो १ बजे हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।


आराम गरेकै ठाउँमा अचेत भएका थपलियाको नेपाल मेडिसिटी बयोधा अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको रेग्मीले बताए ।
नुवाकोट स्थायी घर भएका थपलिया सात महिनाअघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपति बनेर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्