राउन्ड टेबल नेपालद्धारा ४० हजार विरुवा हस्तान्तरण

राउन्ड टेबलका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले राउन्ड टेबलको स्थापना दिवसको अवसरमा १ लाख वृक्षारोपन गर्न गरेको अठोट पुरा भएको बताए ।

सम्वादाता | २०८० सावन २२ गते ०७: ४२ मा प्रकाशित

वीरगन्ज– राउन्ड टेबल नेपालले पर्साको पोखरिया नगरपालिकालाई ४० हजार बोट बिरुवा हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच राउन्ड टेबलले पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहानलाई बोट विरुवा हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहेको मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश कुर्मीले राउन्ड नेपालले १० दिनमा एक लाख वृक्षारोपन गर्ने कार्यको सराहना गरेका थिए । राउन्ड टेबलका केन्द्रीय अध्यक्ष्ँ राहुल अग्रवालले राउन्ड टेबलको स्थापना दिवसको अवसरमा १ लाख वृक्षारोपन गर्न गरेको अठोट पुरा भएको बताए । पर्यावरणको संरक्षण लागि वृक्षारोपन कार्यलाई निरन्तरता दिइने अध्यक्ष अग्रवालले जनाए ।

प्रतिक्रिया दिनुहोस्