वनको ट्यांकरमा आफ्नो फोटो राखेर पानी वितरण गर्दै मन्त्री कुर्मी

वन कार्यालय सिमराको ट्यांकी पछाडि मन्त्रीको ठूलो तस्बिर सहितको फ्लेक्स राखेर निर्वाचन क्षेत्रमा पानी वितरण भएको छ ।

सम्वादाता | २०८० सावन १२ गते ०९: ०८ मा प्रकाशित

वीरगन्ज– आर्थिक नगरी वीरगन्ज र आसपासका क्षेत्रमा खानेपानीको हाहाकार छ । २ महिना यता यस क्षेत्रका अधिकांश चापाकल सुकेका छन् । वीरगन्ज महानगरपालिकाले प्रत्येक वडामा पानी वितरण गरिरहेको छ ।

महानगरकै क्षेत्र पर्ने पर्साको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचत भएका रमेश प्रसाद कुर्मी अहिले मधेश प्रदेशका वन तथा वातावरण मन्त्री छन् । आफ्नो निर्वाचन क्षेत्रमा कुमीले बिहीबार ट्यांकर मार्फत पानी वितरण गरेका छन् ।

यस्तो हाहाकारको बेला पनि मन्त्रीको प्रचारबाजी मोह भने हटेको छैन् । डिभिजन वन कार्यालय सिमराको ट्यांकी पछाडि मन्त्रीको ठूलो तस्बिर सहितको फ्लेक्स राखेर निर्वाचन क्षेत्रमा पानी वितरण भएको छ ।

उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अधिकांशले मन्त्रीको प्रचार मोहको विरोध गरेका छन् । मन्त्री कुर्मी कांग्रेससंगको गठबन्धमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्