सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
वीरगन्ज– वीरगन्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ । स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो ।
आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसँगै अतिक्रमण गरेर निर्माण गरेको संरचना महानगरले हटाइएको हो ।
सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढेको छ । सोही अनुसार आज नगवाको नयाँ गाउँमा सडक अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो । अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्