वीरगन्ज– नेपाल पत्रकार महासंघ पर्साले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने निर्णयको प्रेस चौतारी नेपाल पर्साले स्वागत गर्दै एकबद्धता जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको निर्णय स्वागत योग्य रहेको प्रेस चौतारी पर्साको आज बसेको बैठकले निर्णय गरेको छ ।
प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले पर्सा शाखाको अधिवेसनको मिति अगामी श्रावण १३ गते बस्ने बैठकले तोक्ने निर्णय गरेको छ ।
१३ गते बस्ने बैठकमा आर्थिक हरहिसाब समेत पेश गर्न बैठकले निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्साले गर्ने सबै प्रकारको साकारात्मक गतिबिधिहरुमा साथ र सहयोग गर्ने निर्णय गरेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।
बैठकमा नेकपा एमालेका पर्सा संयोजक डा बिशम्भर शर्मा, केन्द्रिय प्रचार बिभाग सदस्याद्धय महेश दास र लालबाबु शेष, प्रेस चौतारीका पर्सा ईन्चार्ज शत्रुधन नेपाल, पत्रकार महासंघका पर्सा अध्यक्ष तथा चोतारीका पुर्व अध्यक्ष अनुप तिवारी, सल्लाहाकार महेशचन्द्र गौतम, प्रेस चौतारी नेपालका प्रदेश सचिव ग्यासु मिया देवान, प्रदेश कोषाध्यक्ष जितेन्द्र साह, प्रदेश सदस्ययहरु आसिक मिया अंसारी, श्याम कुशवाह, नेपाल पत्रकार महासंघका सचिव भुषण यादव, कोषध्यक्ष संजिव मिश्रा, सदस्यहरुको सहभागीता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्