भष्ट्राचारविरुद्ध अभियानमा सरकार निष्पक्ष देखिदैन – एमाले नेता ज्ञवाली
प्रेस चौतारी नेपाल बाराले शनिवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको ईच्छा पुरागरिदिने कडी बनेको ज्ञवालीले बताए ।
सिमरा– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए । प्रेस चौतारी नेपाल बाराले शनिवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको ईच्छा पुरागरिदिने कडी बनेको ज्ञवालीले बताए ।
एमालेको स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार संचालनप्रति इंकित गर्दै भने ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ बर्ष देखी अलपत्र पारेएको माथील्लो कर्णालीका सम्बन्धमा कुनै संवाद नगरी थप दुईवटा आयोजना पुनः जिम्मा लगाउने काम भएको छ’ ।
भष्ट्राचार नियन्त्रणका विषयमा सरकारले पछिल्लो समय स्टन्ट र अनावश्यक प्रचार गरिरहेको तर्क गरे । ‘सरकार आफ्नै शरिरमा फोहोर बोकेर सफा गर्न हिडिरहेको छ । पहिला आफू सफा हुनुपर्यो’ ज्ञवालीले भने ‘अनियमितता र भष्ट्राचारका प्रकरणमा नाम जोडिएका नेतालाई सहयात्री बनाएर हिडिरहेको सरकारले निष्पक्ष छानविन गर्छ भन्ने लाग्दैन ।’
भष्ट्राचारका मुद्धामा जोडिदा निष्पक्ष छानविन गरिनुपर्ने भन्दै ज्ञवालीले पूर्वाग्रही ढंगबाट गरिने छानविनले निकास नदिने बताए । ठुला प्रकरणका निर्णयकर्ता सत्ताको सहयात्री बनाउने र दुईचार जनालाई पक्राउ गरेर जनतामा भ्रम छर्ने काम प्रचारबाजीमा मात्रै सिमित हुने ज्ञवालीको भनाई थियो ।
ज्ञवालीले तत्कालिन माओवादी लडाकु शिविरमा भएको घोटालाको विषय, पछिल्लो सुन बरामद प्रकरणमा सरकारमा रहेको दल एकिकृत माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा, उनका छोरा प्रकाश जोडिएर आएको छ । सोको विषयमा सरकारले निष्पक्ष छानविन गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा एमाले सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश सरकार र मधेशका स्थानीय तहहरुमा बढी रकम अपचलन भएको देखाएकाले त्यसको नियन्त्रण गर्न एमालेले पहल गर्ने उनले बताए । मधेशको विकास र समृद्धीका लागि एमालेलाई जागरुक गर्ने अभियान सुरु भएको समेत भट्टराईले बताए ।
प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण अनिल गौरवले गरेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्