वीरगन्ज कारागार सुधार गृह नभई यातना गृह भएको छ – सांसद प्रदीप यादव

क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगञ्ज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोर्याए ।

सम्वादाता | २०८० असार ८ गते १८: ४२ मा प्रकाशित

काठमाडौं– पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले वीरगञ्ज कारागार सुधारगृह नभई यातना गृह भएको टिप्पणी गरेका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगञ्ज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोर्याए ।

यादवले भने, ‘यस बारे सदनमा मैले यसअघिपनि सरकारको ध्यानाकर्षण गराइएको थियो । तर नयाँ बजेटमा वीरगञ्ज कारागारको स्तरोन्नत्ती बारे एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगञ्जसँगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दुस्खद भएको यादवले बताए ।

यादवले आफू सत्तारुढ दलको सांसद् भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा जसपाको प्रमुख सचेतकसमेत रहेका यादवले जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए । निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रसङ्ग झिक्दै पूर्व वनमन्त्रीसमेत रहेका यादवले भने, ‘सरकारले वास्तवमै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन, यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ ।’

आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै यादवले भने, ‘१२ करोड १० लाख बजेटले विमानस्थल बन्छ त रु नबनाउने नियत नै हो भने यति थोरै रकम विनियोजन गरेर नाटक किन गरेको सरकारले रु यसतर्फ म नागरिक उड्ययन तथा पर्यटनमन्त्रिको ध्यानाकर्षण गराउन चाहन्छु ।’

हालै चीनको भ्रमण गरेर फर्किएका जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादवले चीनसँग जोडिएको नेपालको सीमामा नेपाली सुरक्षाकर्मीको पोष्ट खाली रहेको अवस्थामा भेटिएको बताए । उनले भने, ‘हालै चीन भ्रमणमा हामी सांसद्हरुको टोली गएका थियौं । हुम्लाको हिल्सा नाकामा पुग्दा त्यहाको पोष्ट खाली थियो, एकजनापनि प्रहरी थिएनन् ।

संवेदनशील नाकामा यस्तो चरम लापरवाही किन रु भन्दै उनले गृहमन्त्रीसँग प्रश्न गरे । यादवले चीनका नाकामा खटिएका नेपाली सुरक्षाकर्मीहरुको सेवासुविधा र बन्दोवस्तीमा सरकारले ध्यान नदिएका कारण त्यहाका नेपाली प्रहरीहरु अत्याधिक चिसोले पोष्ट छाडेर अन्तै गएर बस्ने गरेको अवस्था पाइएको यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्