वीरगन्ज जीतपुर गौशालाको जग्गा कब्जा गर्ने षड्यन्त्र

अदालतको फैसलाले भूमाफियाहरुको सपना हुरिले उडायो

सम्वादाता | २०८० असार ७ गते १७: ४० मा प्रकाशित

वीरगन्ज– वि.सं. २०२२ सालमा भएको सर्वे नापीमा विवादीत किता नं. १४५ जग्गाको किसिम पर्ती जनीइ यो जग्गा पञ्चायत भवनीपुर जीतपुरको गौचर गौशाला पर्ती हो भनी कैफियत महलमा जनीइ अनुसार हाल गाविस तत्कालित पञ्चायत भवानीपुर जितपुरको गौशाला गौचर पर्ती जग्गा रहे छ भने देखिएको स्थितीमा प्रतिवादी जितपुर गौशालाको नाममा नापी दर्ता भएको भन्न मिल्ने अवस्था नभएको पुनरावेदन अदालत हेटौडाका माननीय न्यायधिशद्वय श्री मोहन प्रसाद घिमिरे तथा माननीय न्यायधिश श्री भरत प्रसाद अधिकारीको संयूक्त इजलासले २०६८ साल असार ६ गते बादीको पक्षमा फैसाल गरि दिएको बुंदा नम्बर १४ मा उल्लेख भएको छ । 

फैसलाको अर्को बुन्दा नम्बर १६ मा अनुसार प्रतिवादी संस्था गौशालाको विद्यान एवम नियमावलीमा समेत गौशाला बि.स. १९६३ सालमा स्थापना भई आएको भनी उल्लेख भएको हुँदा प्रतिवादी कथन रहे पनि प्रतीवादी संस्था दर्ता ऐन २०३४ बमोजिम मिति २०५२ —०६—०९ गतेको जिल्ला प्रशासन कार्यालयको निर्णयबाट दर्ता रहेको देखिन आएको हुँदा २०२२ सालमा प्रतिवादी संस्था गौशालाको कानुनत जन्म नै भएको देखिदैन ।

२०३० साल र सो भन्दा पछि मात्र दर्ता भई कानुनी रुपमा देखा परेको प्रतिवादी संस्थाको नाममा २०२२ सालमै सर्वे नापी भएको होला भन्न कदापी मिल्दैन । फैसलाको थप खण्डमा गौशाला भन्ने नामसंग मिल्ने गरी पछि दर्ता भएको संस्था जितपुर गौशालाको नाम मिलेकै कारणबाट सो जग्गा प्रतिवादी संस्था जितपुर गौशालाको नाममा सर्वे नापी भएको भन्न मिल्ने अवस्था पनि रहदैन । 

माननीय न्यायधिशद्वयले फैसला गरेकै विषयलाइ सर्वोच्च अदालतका माननीय न्यायधिश हरिकृष्ण कार्की तथा माननीय न्यायधिश भरत चुडालको इजलासले पनि हेटौडाकै फैसललाई सदर गरि दिएको हुनाले जग्गा माफियहरु यतिखेर बिछिप्त अवस्थामा पुगेको जितपुृरका पिडित नागरिकहरु भन्ने गरेका छन् । 

गौशाला ठगी काण्डाका नाइकेहरु गौशालाकै नाम मिलेको देखेपछि साबिक श्रीपुर गाविस ९ घडीअर्वा स्थित किता नं. ३५ को ४ कठा १० धुर जग्गामा रहेको गौशाला तथा तत्कालिन गाविस रामगढवा वडा नं. ८ को किता नं. १७० को १ विगहा ८ कठ्ठा जग्गालाई पनि भुमाफियाहरुले करोडौ मूल्य पर्ने उक्त किम्ति जग्गालाई अबैध ठहरिएको बीरगञ्ज जितपुर गौशालाको नामबाट २०४७ साल ५ महिना २४ गते देखी उक्त फर्जी संस्थाको नाममा अख्तियारी जमाउन सफल देखिएका छन । 

तथापी यतिखेर यिनीहरुबाट पिडित जितपुरबासीहरु संगठित माफियाहरुको विरुद्धमा संगठित ठगी अपराधमा प्रहरी तथा अदालत समेतमा जाहिरी दिन यतिखेर तम्सिएको सुनिन्छ । भूमाफियाहरु घडिअर्वा गौशालामा रहेको गाईलाई रामगढवा गौशालामा रातारात लगी थन्काइ दिए देखी उक्त गौशालाको गेटमा अदालतले खारेज गरि दिएको अबैध संस्थाको नाम समेत झुण्डयाएर रजाई गर्दै आएको रामगढवाका स्थानियहरु इतिखेर उनीहरुको हरकत देखे सुनेपछि अच्मभित भएका छन ।

यता घडिअर्वामा रहेको गौशालाको भित्र बाहिर गरी २७ वटा सटर बनाई भूमाफियाहरुले भाडा लगाएका छन भने कतै रक्सी पसल पनि संचालन गराएको देखिन्छ । टोलबासीहरु थाहाँ नपाएर हो वा माफियाहरुबाट प्रभावित भएर बिरोध नजानाएका हुन यो यतिखेर अनुत्रीत प्रश्न ठहरिएको छ ।  

अबैध संस्थाका अध्यक्ष कहलिने बीरगञ्ज मात्रका होईन नेपालकै एक नामुद उद्योगपति रहेका विरेन्द्र कुमार संघाई गौशालाको अध्यक्ष रहेका छन भने उनकै सजातिय शिव गोएल सचिव रहेका छन भने यस गिरोहका सहसचिव उनकै रिद्धि सिद्धि कार्यालयमा कार्यरत संजय खण्डेलवाल रहेको सुनिन्छ तथापी जिज्ञासामा न त गोएल अथवा खण्डेलवालले नै जवाफ फर्काउन रुचि देखाउ छन । जिल्ला बारा श्री आर्दश गाउ विकास समिति भवानीपुर जितपुरको अधिकार प्राप्त गरी मुद्दा प्रुरुपक्ष गर्ने ऐऐ गाविसका भुपू अध्यक्ष देवनारायण दास थारु रहनु भएको थियो । उहाँ यतिखेर मधेश प्रदेश बाराको क्षेत्र नं. ४ (क) का प्रदेश सांसद पनि हुनु हुन्छ । (साभारः नारायणी टुडे)

 

प्रतिक्रिया दिनुहोस्