कालिकामाईका अध्यक्षले गरे सर्वोच्चको आदेशको अवहेलना

कर्मचारीलाई हाजिर हुन् दिइएन्

सम्वादाता | २०८० असार ५ गते १०: ४९ मा प्रकाशित

पर्सा– पर्साको कालिकामाई गांउपालिकामा अध्यक्षको अराजकताले सिमा नाघदै छ । पालिकाका अध्यक्ष बशिष्ठ कलवारले कार्यालयबाट हाजिरी, दर्ता, चलानी चोरेर लागेका छन । गत सोमबार देखी नै हाजिरी पुस्तिका चोरी भएको कारण कार्यालयमा कुनैपनि कर्मचारीले हाजिरी गर्न पाएका छैनन् । पालिकाको स्वास्थय शाखा संयोजकमा सर्वोच्च आदालतले जेष्ठ ३२ गते जोगिन्द्र चौरसियालाई कामकाज गराउन आदेश गरेपछि पालिका अध्यक्षले चौरसियालाई हाजिर नगराउने नियतले कार्यालयको दर्ता चलानी र हाजिरी चोरेर लगेको कर्मचारीहरुले गुनासो गरेका छन ।

अध्यक्ष बशिष्ठ कलवारले चौरसियालाई जेष्ठ १२ गते जिम्मेवारीबाट हटाई उनीभन्दा कनिष्ट पाचौ तहको स्वास्थ्य कर्मचारी धिरज साहलाई स्वास्थ संयोजकको जिम्मेवारी दिएका थिए । छैठो तहको संयोजक हुदाहुदै पांचौ तहलाई जिम्मा दिएको निर्णयमा सर्वोच्चले अंतरिम आदेश गर्दै चौरसियालाई नै संयोजक मानेर कामकाज गराउन पालिकालाई पत्र पठाएको हो ।

 

तरपनि अध्यक्ष बशिष्ठ कलवारले चौरसियालाई हाजिर नगराउने नियतले हाजिरी, दर्ता, चलानी पुस्तिका गायब गरेका छन । सोमबार नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गर्दै कालिकामाई गाउपालिकाका कर्मचारीहरुले अध्यक्षले अराजकता मचाउदै कार्यालयलाई अस्तव्यस्त बनाएको आरोप लगाए । पालिका दुई सातादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ ।

प्रशासकिय अधिकृत अमित गिरी दुई साता अगाडी जिराभवानी गाउपालिकामा हाजिर भएपछि कालिकामाई हाकिम विहिन बनेको हो । कालिकामाईमा नमोनाथ यादव सरुा भएर आएका छन तर उनलाई हाजिर गर्न दिइएको छैन ।

कार्यालयमा हाजिर हुन नदिइने अध्यक्षको जुनपनि प्रयासलाई आफुहरुले चिर्दै अगाडी बढने कर्मचारीहरुले बताए । अदालतको अवहेलना मुदालाई अगाडी बढाउदै, पालिकाको कामकाज ठप्प गर्ने तथा अन्य विरोधका कार्यक्रमपनि गर्ने, कर्मचारीको कार्यकक्षमा अध्यक्षले धाधली गरि लगाएको ताला फुटाइने चेतावनी कर्मचारीहरुले पत्रकार सम्मेलनमा दिएका छन ।

कर्मचारीहरुले यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई जानकारी गराएका छन । जिल्ला प्रशासनले कार्यालयले पनि समस्या अविलम्ब सामाधान गरि विधीप्रकृया अनुसार कार्यालय संचालन गर्न निर्देशनात्मक पत्र पालिकालाई पठाएको छ ।

विगत एक साता देखी कार्यालय अस्तव्यस्त बनेको कालिकामाई गाउपालिकाका प्रशासन प्रमुख सरोज साहले बताए । कर्मचारीहरु हाजिर गर्न पाएका छैन्न , दैनिक दर्ता चलानी लगायतका अतिआश्यक कार्य समेत हुन सकेको छैन । दर्ता चलानी पालिका अध्यक्षले लिएर जानु भएको साहले बताए ।

स्वास्थय शाखामा अध्यक्षले ताला लगाएका छन, पालिका कार्यालयको स्थिती अस्तव्यस्त रहेको कारण प्रमुख प्रशासकिय पनि हाल सम्म हाजिर हुन नसकेको प्रशासन शाखा प्रमुख साहले जानकारी दिए ।

स्थानिय निर्वाचनको परिणाम सार्वजनिक भइरहदा कान्छो पालिका अध्यक्षको रुपमा खुब चर्चापाएका बशिष्ठ कलवार आफनो काका लागुऔषध कारोबारी दिनेश कलवारको निर्देशनमा चलेकै कारण पालिका संचालनमा समस्या भएको र निर्वाचन पश्चात कालिकामाईमा खासै उपल्बद्धी मुलक काम हुन नसकेको आम जनमानसको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्