कालिकामाई गाउपालिकामा नयां हाकिम हाजिर हुन् पाएनन्, अमित गिरी भूमिगत रुपमा अझै काम गर्दै

जेष्ठको २४ गते संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कालिकामाईको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ प्रसाद यादवलाई पठाएपनि पालिकामा हाल सम्म उनलाई हाजिर गर्न दिएको छैन ।

सम्वादाता | २०८० असार ३ गते १७: ४३ मा प्रकाशित

पर्सा– पर्साको कालिकामाई गाउंपालिकामा सक्षम जनप्रतिनिधी नहुदा पालिका अस्तव्यस्त बनेको छ । चालु आर्थिक वर्षको ११ महिना कर्मचारी र जनप्रतिनिधी बीच समन्यव्य नभएको कारण उपलब्धी मुलुक रहेन । आर्थिक वर्ष सकिन मात्र २२ दिन रहदा पालिकाको अधिकांश योजना संचालनपनि हुन सकेको छैन ।

पालिकामा कर्मचारीहरु नियमित कार्यालयमा नबस्ने, प्रमुख प्रशासकिय अधिकृतको सरुवा र शाखा प्रमुखको हेरफेरमा मात्र ११ महिना बितेको छ । विकाश निर्माणका साथै अन्य आवश्यक योजनाहरु अगाडी बढन सकेको छैन । प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले आफनो सरुवा गराई जिराभवानी गाउंपालिकामा हाजिर भएको दुई साता वित्यो , चालु आर्थिक वर्षको १० महिना उनी कालिकामाईमा विताउदा केहि कर्मचारी भर्ना , एसी खरिद, भवन मर्मत, रंगरोदन, गाडी ,एम्बुलेन्स मर्मत लगायतमा ५ करोड भन्दा बढीको योजना मात्र संचालन हुन सकेको छ ।

गिरीको पालिकाबाट सरुवा भएतापनि उनी अहिले भुमिगत भएर योजनाहरुको कार्यादेश तथा भुगतानी गरिरहेको एक वडा अध्यक्षले बताए । पालिकामा कुनैपनि विधी र प्रकृया सम्बद्ध कार्य नभई आफनो मनोमानी मात्र गर्न खोजिएको गुनासो पोख्दै ती वडा अध्यक्षले भर्ने हाकिमको सरुवा गराउने रोकाउने मै ११ महिना वित्यो, अहिलेपनि त्यही चल्दै छ ,धैरै बजेट फ्र्रीज हुन्छ । ’ देश मै कान्छो पालिका अध्यक्ष पाउदा कालिकामाई गाउपालिकाको निकै चर्चा भएको थियो तर कान्छो मेयर सेरोमोनियल आदेशपालक मात्र भएको र उनलाई पछाडीबाट चलाउनेहरु राजनैतिक पुष्ठभुमिका नभई व्यवसायीक र अपराधीक व्यक्तीहरु भएकोले पालिकाको अवस्था दिनप्रतिदिन दैनिय बन्दै गएको जनगुनासो छ ।

जेष्ठको २४ गते संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कालिकामाईको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ प्रसाद यादवलाई पठाएपनि पालिकामा हाल सम्म उनलाई हाजिर गर्न दिएको छैन । पालिका कार्यालयबाट हाजिरी ,दर्ता चलानी पुस्तीका गायब पारिएको छ । अमीत गिरीको सरुवा गराउन पालिका अध्यक्ष सहितका केहि जनप्रतिनिधी महिनो सम्म राजधानी वास बसे तर भएन , धरैजसो वडा अध्यक्ष र सदस्यले गिरीको सरुवा हुनु हुदैन भनेमा सहि गरेर दिएका थिए ।

अहिले गिरीको सरुवा भएपछि अध्यक्ष र उनी पक्षधर वडा अध्यक्ष र सदस्यहरु जसरी पनि आर्थिक मशान्त सम्म काम गर्दिन गिरीको हारगुहार गर्दैछन र यादवलाई हाजिर हुन बाट रोकदै छन । अधिकृतको सरुवा गराउने र रोक्नेमा वर्ष विताएका जनप्रतिनिधीहरुका कारण पालिकाको शिक्षा , स्वास्थ, कृषी,समाजिक विकाश लगायतका योजना तथा दैनिक कामकाज,सेवा प्रवाह नराम्रो संग प्रभावित बनेको छ । शिक्षक र स्वास्थयकर्मी लगायत वडा वडाका कर्मचारीहरुले तलब नपाएपछि समस्या खेपीरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्