वीरगन्ज– त्रिभुवन राजपथ अन्तरगत वीरगञ्जको गण्डक देखि मितेरीपुल सम्मको सडक विस्तार सम्वन्धी सर्वोच्व अदालतमा परेको रिट माथि आज पनि सुनुवाई हुन सकेन । सर्वोच्व अदालतका न्यायाधिस विश्वम्भर प्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलाशमा उक्त मुद्धा परेको थियो । लक्षमण सा रौनियार, राजकुमारी देवी तुलस्यान र भरत प्रसाद रौनियारको रिट क्रम संख्या ६ मा परेको थियो ।
त्यसैगरी अर्का रिट निवेदक वीरेन्द्र कुमार संघाईको ७ नंम्वर र विक्रम गुरुङको रिट १७ नम्वरमा परेको छ तर न्यायाधिस श्रेष्ठद्धयको सयुक्त बेन्चले खाजा समय अघि क्रम संख्या ३ सम्मको रिट निवेदकको सुनुवाई गरेपछि खाजा समय पछि एकल वेन्चमा सुनुवाई सुरु गरेको हुदाँ आज पनि वीरगञ्जको मेनरोड सम्वन्धी रिटमा कुनै सुनुवाई हुन नसक्ने भएको हो ।
सर्वोच्व अदालतका प्रवक्क्ता विमल पौडेलका अनुसार न्यायाधिस विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधिस तिलप्रसाद श्रेष्ठको आज एकल वेन्च समेत रहेकोले टिफिन टाइम अघि सयुक्त बेन्च वसेको र त्यसपछि एकल बेन्चमा परेका मुद्धा हेर्नुपर्ने भएकोले सयुक्त वेन्चले ३ वटा रिट निवेदन उपर सुनुवाई भएको हो ।
समय अभावका कारण क्रमसंख्या ३ भन्दा पछि रहेका रिट निवेदन उपर छलफल हुन नसकेको प्रवक्ता पौडेलले बताए । इजलाश नंम्वर १ मा रहेका न्यायाधिस विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधिस तिलप्रसाद श्रेष्ठको सयुक्त वेन्चमा आजका लागि ३२ वटा रिट निवेदन पेशीमा राखिएको थियो ।
३२ वटा रिट निवेदन मध्ये ३ वटाको मात्र सुनुवाई सकेर खाजाको लागि बेन्च उठेको थियो ।खाजा समय पछि न्यायाधिसहरु एकल बेन्चमा बसेकोले वीरगञ्जको विकाससँग जोडिएको मुख्य सडक विस्तार सम्वन्धी फैसला तत्काल हुन नसक्ने संकेत देखिएको छ । एक पटक पेशीमा चढेको रिट निवेदन त्यस दिन वहश हुन नसक्दा अर्को पटक ६ देखि ८ महिनाको अन्तरालमा पेशीमा चढने भएकोले आगामी आर्थिक बर्षमा समेत मुद्धा किराना लाग्ने संकेत नदेखिएको हो ।
वीरगञ्जको गण्डक चोक देखि पावरहाउस चोक, घण्टाघर, शंकराचार्य गेट हुदै मितेरी पुल सम्मको करिव ४ किलो मिटर सडक फराकिलो हुन सकेको छैन । सडक क्षेत्रसँग जोडिएका बासिन्दाले क्षतीपूर्ती पाउनुपर्ने माग राख्दै सर्वोच्व अदालतमा मुद्धा दायर गरेपछि गण्डक देखि मितेरी पुल सम्मको काम रोकिएको हो ।पथलैयामा रहेको व्यापारीक मार्ग विस्तार आयोजना कार्यालयले गण्डक देखि मितेरी पुल सम्मको मुख्य सडकको केन्द्र विन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडकको क्षेत्रफल भएको हुदाँ तोकिएको क्षेत्र भित्र बनेका संरचना हटाउन सूचना जारीगरेपछि वीरगञ्ज निवासी विक्रम गुरुङ समेतले २०७५ मंसिर २१ गते सर्वोच्वमा मुद्धा दायर गरेका थिए ।
वीरगञ्ज बजारको स्थापना सय बर्ष अघि भएको र मेनरोडसँग जोडिएका घरधनीलाई सरकारले कुनै पनि क्षतीपूर्ती नदिई सिधै व्यक्तिको सम्पती माथि अतिक्रमण गर्न खोजिएको भन्दै सडक विस्तारको काम वीरगञ्ज बजार क्षेत्र भित्र नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत ९ वटा सम्वन्धित कार्यालयका विरुद्ध गुरुङले रिट दायर गरेका थिए ।
उनले दायर गरेको रिट नम्वर ०७५–डब्लुओ–०४९४ रहेको छ ।सर्वोच्वमा परेको रिटमा तत्कालीन न्यायाधिस चोलेन्द्र शम्शेर जवराको एकल इजलाशले सरकारको नाउँमा कारण देखाउ आदेश जारी गर्दै तत्काल व्यक्तिको नाउँमा भएको कुनै पनि संरचना नहटाउन अन्तरिम आदेश दिएको थियो ।सर्वोच्वले २०७५ पुष १८ गते सोही रिट उपरको छलफलमा अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपनि मुद्धाको अन्तिम किनारा नलागे सम्म व्यापारिक मार्ग विस्तार आयोजनाले कुनै काम गरेको थिएन ।मुख्य सडक विस्तारमा हेटौडा, जितपुर र परवानीपुरमा समेत स्थानीयले अवरोध गरेका थिए ।
सडक डिभिजन कार्यालय हेटौडाले जितपुर र परवानीपुरमा रोकिएको अवरोध बल प्रयोग गरेर हटाएपनि हेटौडा र वीरगञ्ज बजार क्षेत्रमा प्रवेश गर्न सकेन । जितपुर र परवानीपुरका जनताले वीरगञ्ज बजारको संरचना नहटाए सम्म काम गर्न नदिने अडान लिएपछि बाध्य भएर व्यापारिक मार्ग विस्तार आयोजनाले संरचना हटाउन पटक पटक सूचना जारी गरेको थियो ।सडक डिभिजन कार्यालयको पटक पटक सूचना आउन थालेपछि वीरगञ्ज निवासी विक्रम गुरुङले पुन २०७६ जेठ २८ गते अर्को मुद्धा सर्वोच्वमा दायर गरेका थिए । ०७५ एफएन ०५९२ नम्वर रहेको उक्त मुद्धा परेपछि व्यापारिक राजमार्ग विस्तार आयोजनाले संरचना हटाउन सकेन ।
त्यसपछि वीरगञ्ज निवासी लक्ष्मण सा रौनियारले २०७६ असोज ७ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत ५ वटा निकायका विरुद्ध सर्वोच्वमा मुद्धा नं ०७६ डब्लुओ ०२७७ रहेको रिट दायर गरेका थिए । त्यसैगरी वीरगञ्जका उद्योगी वीरेन्द्र कुमार संघाईले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौ, सडक डिभिजन कार्यालय हेटौडा समेत ३ वटा निकाय विरुद्ध २०७६ कार्तिक १७ गते सर्वोच्व अदालतमा रिट दायर गरेका थिए ।
उनको रिट नम्वर ०७६ डव्लुओ ०३५३ रहेको छ । वीरगञ्जको मुख्य सडकमा पर्ने घरधुरीले नेपाल सरकारबाट कुनै क्षतीपूर्ती नपाएको र राजमार्गको मापदण्ड आउनु भन्दा ५० बर्ष अघिदेखि बनेका संरचना हटाउने निर्णय व्यक्तिको सम्पतीको हक माथि सरकारको हस्तक्षेप भएको भन्दै सर्वोच्वमा रिट निवेदन थपिदै गएको देखिन्छ ।
सडक विस्तार गर्दा राजमार्गमा पर्ने घरधुरीले चलनचल्तीको मूल्यमा क्षतीपूर्ती पाउनुपर्ने माग सहित २०७६ पुष २१ गते वीरगञ्ज निवासी राजकुमारी देवी तुलस्यान समेतको नाउँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षि बनाई रिट नम्वर ०७६ डब्लुओ ०६२२ रहेको मुद्धा सर्वोच्व अदालतमा दर्ता गरिएको छ ।२०७७ माघ २७ गते वीरगञ्जका भरत प्रसाद रौनियारले जिल्ला प्रहरी कार्यालय पर्सा समेत ३ वटा निकायलाई विपक्षी बनाई रिट नम्वर ०७७ डब्लुओ ०७३३ रहेको जाहेरी सर्वोच्व अदालतमा दर्ता गराएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्