वीरगन्जका स्कुल अझै एक साता बन्द रहने

अत्यधिक गर्मीका कारण महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले यस अघि गत जेठ १७ गते देखि २६ गते शुक्रबारसम्म गर्मी विदा दिएको थियो ।

सम्वादाता | २०८० जेठ २६ गते १४: ०१ मा प्रकाशित

वीरगन्ज– तापक्रम बढ्ने क्रम जारी नै रहेकाले वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु थप एक साता बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले यस अघि गत जेठ १७ गते देखि २६ गते शुक्रबारसम्म गर्मी विदा दिएको थियो ।
महाशाखा प्रमुख अरविन्द लाल कर्णका अनुसार अझ केही दिनसम्म तापक्रम बढ्दो अवस्थामै रहने देखिएकाले असार एक गते सम्म वर्षे विदाबाट कट्टा हुने गरि गर्मी विदा थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्