पटेर्वासुगौला गापाको वनदेवी विद्यालयमा व्यवस्थापन समिति गठन

बुधबार विद्यालय परिसरमै सम्पन्न अभिभावक भेलाले ६ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । 

सम्वादाता | २०८० जेठ १७ गते १८: ०४ मा प्रकाशित

पर्सा – पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित श्री वनदेवी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । बुधबार विद्यालय परिसरमै सम्पन्न अभिभावक भेलाले ६ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । 

समितिको सदस्यहरुमा उधो राउत , दुखी महत्तो , रवितादेवी नुनीया , शविकुमारी देवी , दिपनारायण महत्तो र मदन तिवारी सर्वसम्मत चयन भएका हुन् । चयन भएका ६ जना सदस्यहरु मध्येबाट समितिको अध्यक्ष चयन हुने प्रधानाध्यापक सुभाष प्रसाद दासले जानकारी दिए ।

आज भएको अभिभावक भेलामा पटेर्वासुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, गाँउपालिकाका शिक्षा शाखा प्रमुख शोलेन्द्र पञ्जयार, वडासदस्य शीवशंकर राउत मनिहरवा आधारभुत प्रअ हरिराज यादव, जनता आधारभुत आ वि पथरैयाका प्रअ लक्ष्मीनारायण ओझैया, सुगौली दा प मा वी का प्रअ रामासंकर राउत लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्