वीरगन्ज – पटेर्वासुगौली गाउँपालिका कार्यालयले सङ्घीय शिक्षा ऐन विपरित विद्यालयहरूको घटुवा र शिक्षकहरूको सरुवा गरेको छ । पटेर्वासुगौली गापा–५ मौरटोल स्थित जयदुर्गे आधारभूत विद्यालय, वडा नं २ चापी स्थित अरुणोदय–कोपिला आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय विश्रामपुर गरी तीनवटा विद्यालयलाई घटुवा गरेर बालविकास केन्द्र सञ्चालन गरेको छ ।
गापा शिक्षा समितिको २०७९÷१२÷२७ गतेको निर्णय र गापा कार्यापालिकाले २०८०÷१÷१६ गते निर्णय गरे अनुसार वैशाख २१ गतेदेखि तीनवटा विद्यालयको घटुवा गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याएको हो । विद्यालयहरूको घटुवा भएपछि सो क्षेत्रका बालबालिकाहरू प्रावि तहको अध्ययनका लागि अन्यत्रका विद्यालयमा जानुपर्दा समस्या भएको अभिभावकहरूले गुनासो गरेका छन् ।
सरकारले सङ्घीय शिक्षा ऐन बाझिने गरी गापालाई शिक्षा नियमावली नबनाउन निर्देशन दिएको थियो । शिक्षा ऐनमा विद्यालयको घटुवा, बढुवाका लागि गापाको सिफारिशमा शिक्षा विकास तथा समन्वय एकाइले कार्य गर्नुपर्ने उल्लेख छ । तर गापाले सो विपरीत आफैं निर्णय गरेर विद्यालयको घटुवा गरेको देखिन्छ ।
यसैगरी, सङ्घीय शिक्षा ऐनमा शिक्षकहरूको सरुवा, बढुवाको लागि पनि गापाले शिक्षा विकास तथा समन्वय एकाइमा सिफारिश गर्ने र एकाइले सरुवा, बढुवा गर्ने अधिकार छ । तर पटेर्वासुगौली गापा कार्यालयले शिक्षा ऐनविपरीत जनता आधारभूत, पथरैयाका राहत शिक्षकलाई नेपाल आधारभूत विद्यालय, पूर्व देकुलीमा दरबन्दीसहित सरुवा गरेको छ । जयदुर्गे आधारभूत विद्यालयका शिक्षक गोपाल रौनियारलाई नेराआवि रामभौरीभाठामा सरुवा गरेको छ ।
जनता आधारभूत विद्यालय, पथरैयाका शिक्षक लक्ष्मण चौधरीलाई पूर्व देकुली सरुवा गरिएको छ । यसैगरी, नेपाल आधारभूत विद्यालय, चापीकी शिक्षिका नीरमाया आलेलाई नेरा आवि गादी बेलावा आधारभूत विद्यालयमा सरुवा गरिएको छ । यसैगरी, नेपाल आधारभूत विद्यालय, कञ्चनपुर बैरिया र उत्तर सुगौलीका दुईजना राहत शिक्षकलाई वैशाख २१ गते वडा नं ३ स्थित नेपाल आधारभूत विद्यालय र वडा नं १ मा रहेको मदर्सामा सरुवा गरिएकामा उनीहरूलाई अहिलेसम्म हाजिर गराइएको छैन ।
मदर्सामा गैरमुस्लिम शिक्षक पठाएको भनेर हाजिर गराइएको छैन भने अर्को विद्यालयमा पनि प्रक्रियागत र विद्यालय व्यवस्थापन समिति गाउँ समाजको रायबेगर र प्रक्रिया त्रुटि भएकोले हाजिर नगराएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय घटुवा र शिक्षक सरुवा र प्रअ बाट समेत घटुवा गरेर सरुवाको विषयमा स्थानीय पटक पटक डेलीकेसन लिएर जादाँ कुनै सुनुवाइ नभएको स्थानीयको आरोप रहेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार वीरगन्ज १६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट ३१५ पिस कुर्ता सुरुवाल, ८०२ पिस टप्स, मोबाईलको कभर, डिस्पले, चार्जर, डाटा केबल, एक हजार ३ सय ८८ केजी प्याज बरामद गरेको थियो ।
पालिकाको रेड बुक सार्वजनिक नगरि गोप्यरुपमा उपभोक्ता समिती बनाई आफनो नाता पर्ने व्यक्तिहरुलाई भुगतानी गर्ने, पहिलाको कर्मचारीलाई हटाई आफनो नातागोता वां कार्यकर्ता भर्ती गरेको आरोप लगाउदै स्थानियले सुचनाको हक प्रयोग गरि भुगतानी विवरण ,कर्मचारी भर्ना प्रकृया, लक्षित तथा समाजिक कार्यक्रमको विवरण भुगतानी,खरिद तथा खर्च विवरणको सुचना मांग गरेका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बाल कैदी सुधार गर्ने गृहहरुको व्यवस्थापन र विभिन्न नितिगत पक्षलाई नै सुधारको खाचो रहेको बताए । उनले निगरानी गर्ने विभिन्न सरोकारवालाको आवश्यक्ता भएपनि सुधारगृहको नितिगत निणर्य ,सुरक्षा, व्यवस्थापन तथा बजेट संचालन एउटै मन्त्रालयबाट भएमा सहज हुने सुभाव राखे ।
प्रतिक्रिया दिनुहोस्