विन्दवासिनी गाउपालिकाद्धारा पत्रकार महासंघ पर्सालाई १ लाख सहयोग

अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार तथा प्रविधीको विकाशमा आफु सदैव सकारात्मक रहेको बताउनु भयो ।

सम्वादाता | २०८० जेठ १५ गते ०९: ५६ मा प्रकाशित

वीरगन्ज – बिन्दवासिनी गाउपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणमा एक लाखको सहयोग गरेको छ । आईतवार बिन्दवासनी गाउपालिका अध्यक्ष प्रमोद तिवारीले महासंघका अध्यक्ष अनुप तिवारीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा बिन्दवासनी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको उपस्थिति रहेको रहेको थियो । बिन्दवासनी गाउपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार तथा प्रविधीको विकाशमा आफु सदैव सकारात्मक रहेको बताउनु भयो ।

महासंघ पत्रकारहरूको संरक्षण, दक्षता, र भौतिक पूर्धारको क्षेत्रमा राम्रोसँग काम गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघको लागि आवश्यक योजना छुट्याउने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साको तेश्रो तल्ला निर्माणको क्रममा रहेको छ । त्यसैगरि भुई तल्लामा लाईब्रेरी, आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबल मिटिंग हलको निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्