पुलिसको नाममा पैसा उठाउने मनिष माथि किन चलाइएन् ठगी मुद्दा ?

जग्गा बेचेको प्रमाण पेश गर्दा पनि प्रहरीले १२ लाख रुपैया हुन्डीको जनाइदिएको छ । तर, खुल्लम खुल्ला ठगि गर्ने मनिष र फारुख माथि चाहि सार्वजनिक मुद्दा चलाएको छ ।

सम्वादाता | २०८० जेठ १४ गते १२: ०८ मा प्रकाशित

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साले एसपी (प्रहरी उपरिक्षक) र डीएसपी (प्रहरी नायव उपरिक्षक) को नाममा पैसा लिएको आरोपमा पक्राउ परेका अभियुक्तमाथि ठगि मुद्दा नचलाई सार्वजनिक तथा अभद्र व्यवहार मद्दा दर्ता गरेपछि प्रहरी विवादमा तानिएको छ । अभियुक्तसंगको मिलेमतोमा मुद्दालाई कमजोर बनाउन ठगि मुद्दा दर्ता नगरि सार्वजनिक मुद्दा लगाइएको आरोप लागेको छ ।

गत वैशाख २६ मा पर्साको विन्दवासिनी गाउपालिका वडा नम्बर ५ प्रसौनीभाठाको पुल नजिकबाट प्रहरीले बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकल सहित २ जना भारतीयलाई १२ लाख नेपाली रुपैया सहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत विहार भेलाही निवासी मुन्ना भनिने धनञ्जय कुमार गुप्ता र मोटरसाइकल चालक मुसाहेब आलम थिए । प्रहरीले उनीहरुमाथि कानुन बमोजिम नै कारवाही गरेको छ ।

तर, धनञ्जय र मुसाहेबलाई छुटाइदिने भन्दै एसपी र डीएसपीको नाममा पैसा असुलेका मनीष यादवमाथि भने प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । मनीषले नै प्रहरीलाई ठूलो रकम अवैध रुपमा ओसार पसार हुदै छ भन्ने सुराकी दिएका थिए ।

धनञ्जय र मुसाहेबलाई १२ लाख रुपैया सहित पक्राउन सफल भएपछि मनीष दुबैको घर पुगेर पुलिसका हाकिमसंग राम्रो सम्बन्ध देखाएर उनीहरुलाई छिट्टै छुटाइदिने भन्दै ३ लाख ४० हजार रुपैया लिएका थिए । मनीष र उनका साथी फारुखले पैसा लिएका थिए ।

पैसा लिएर पनि धनञ्जय र मुसाहेब रिहा नभएपछि उनका परिवारजन एसपी कोमल शाह कहा पुगेका थिए । एसपी शाहले अनुसन्धान अगाडि बढाउन निर्देशन दिएपछि मनीष र फारुख पक्राउ परेका छन् । मनीष र फारुख पक्राउ परेपछि उनीहरुको सहयोगीले धनञ्जयका परिवारलाई ३ लाख ४० लाख रुपैया फिर्ता गरिसकेका छन् ।

तर, प्रहरी भने ठगिको प्रमाण फेला नपरेपछि सार्वजनिक मुद्दा दर्ता गरेको जिकिर गर्दै आएको छ । मनिष र फारुखलाई छुटाउन अहिले एसपी अफिसमा दिनहु विचौलियाहरुको भीड लाग्ने गरेको छ ।

 

मनीषले सुराकी दिएर पक्राउन लगाएको १२ लाख रुपैया भने पोखरिया नगरपालिका वडा नं. ४ निवासी निलम देवी कलावरले आफ्नो वीरगन्जको रामगढवा स्थित साढे ७ धुर घडेरी बिक्री गरेको पैसा थियो । निलमको श्रीमान मानसिक रोगी रहेकाले उनले विहारको भेलाही बजार स्थित आफ्नो माइतीबाट भाईलाई जग्गा पास गर्न सहयोगीको रुपमा बोलाएकी थिइन् ।

जग्गा बेचेको प्रमाण पेश गर्दा पनि प्रहरीले १२ लाख रुपैया हुन्डीको जनाइदिएको छ । तर, खुल्लम खुल्ला ठगि गर्ने मनिष र फारुख माथि चाहि सार्वजनिक मुद्दा चलाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्