जग्गा बेचेको रकम हुण्डी बनाएको प्रकरणमा पक्राउ परेका बिचौलिया मनिष र फारूकलाई छुटाउन पर्सा प्रहरीमा दलाल परिचालन
पिडितले ठगिको जाहेरी डीएसपी दिपक गिरीलाई बुझाएपनि बिचौलियाहरूको प्रभावमा देखिएका डिएसपीले ठगिमुद्दा दर्ता नगर्न आलटाल गर्दै आएका छन । मनिष यादव र फारूख खानले गुप्ता परिवार संग पैसा लिएको स्विकार्दै सो रकम प्रहरीकै जानकारीमा विहिवार फिर्तापनि गरेका छन ।
वीरगन्ज – गत बैशाख २६ गते पर्सा जिल्ला मालपोत कार्यालयमा पोखरीया नगरपालिका वडा नं. ४ निवासी निलम देवी कलवारले आफ्नो वीरगन्ज वडा नं. ४ रामगढवाको साढे ७ धुर घडेरी बेच्नि । निलमको श्रीमान मानसिक रोगी रहेकोले उनले सिमावर्ती बिहारको भेलाही बजार माईतीबाट भाईलाई जग्गा पास गर्न सहयोगीको रूपमा बोलाएकी थिईन ।
कलवारले पोखरीया नगरपालिका वडा नं. २ बसन्तपुरका रैफली साह संग बेचेको जग्गा पास गरेकै दिन १२ लाख रकम मालपोत कार्यालयमा बुझ्नि । निलमका भाई धन्नजय गुप्ताले जग्गा बिक्री भएको रकम बैगमा लिएर दिदी निलमको घर पोखरिया नगरपालिका– ४ पुर्याउन जाने क्रममा तिलावे पुल नजिकै बाट प्रहरीले उनलाई रकम सहित नियन्त्रणमा लियो ।
धन्नजय संग हुण्डीको रकम रहेको सुचना प्रहरीलाई प्रसौनीका फारूख खान र धोरे निवासी मनिष यादवले दिएका थिए । प्रहरीलाई सुराकी दिएका मनिष र फारूख पछि धन्नजय गुप्ताको परिवार संग भेटेर छुटाईदिन्छौ भन्दै पर्साका एसपीको नाममा १ लाख, डिएसपी दिपक गिरीको नाममा १ लाख र सरकारी बकिल कार्यालयको नाममा १ लाख तथा आफ्नो खर्च ४० हजार गरि ३ लाख ४० हजार रकम पनि लिए ।
जग्गा बेचेको १२ लाख प्रहरीले हुण्डी घोषणा गरिदियो र उनको भाई धन्नजय गुप्ता थुनामा हालेपछि निलमले पर्साका एसपी कोमल शाहलाई गुहार गरिन र आफनो पिडा सुनाईन, छुटाउन पनि ३ लाख ४० मनिष र फारूकले लिएर आफुलाई दोहरो ठगी गरेको एसपीलाई सुनाईन , एसपी शाहले दुबै जनालाई तत्काल नियन्त्रणमा लिए । उनिहरूमाथी अभद्रव्वहारको मुद्दामा म्याद थप गरि अनुसंधान भईरहेको छ ।
पिडितले ठगिको जाहेरी डीएसपी दिपक गिरीलाई बुझाएपनि बिचौलियाहरूको प्रभावमा देखिएका डिएसपीले ठगिमुद्दा दर्ता नगर्न आलटाल गर्दै आएका छन । मनिष यादव र फारूख खानले गुप्ता परिवार संग पैसा लिएको स्विकार्दै सो रकम प्रहरीकै जानकारीमा विहिवार फिर्तापनि गरेका छन । बिचौलियाहरूले रकम बुझेको र फिर्ता गरेको कुरा प्रहरी सामु छर्लङ्ग हुदापनि ठगीको मुमद्दा अगाडी बढेको छैन ।
जिप्रकामा दलाल छुटाउन दलाली यता प्राप्त जानकारी अनुसार बिचौलिया मनिष र फारूक माथी ठगी मुद्दा चल्न नदिन पनि केहि दलालहरू जिल्ला प्रहरीमा सक्रिय छन । डिएसपीको अघिपछि तिन चार दिन देखी दलालहरू लागिरहेको जिल्ला प्रहरी कार्यालयमै चर्चाको बिषय बनेको छ । प्रहरीले अभद्रव्यवहार मुद्दा चलाएको छ , उनीहरू कसलाई अभद्र व्यवहार गरेका छन ? प्रहरी संग जवाफ छैन , ३ लाख ४० हजार लिएको र फिर्ता गरिसकेको अभियुक्तहरूले प्रहरीलाई जानकारी गराई सकेपनि ठगि भएको थप के प्रमाण प्रहरीलाई चाहिने ?
यी यस्ता प्रशनहरू हुदा हुदै पर्साका एकदुई जना माननिय बरिपरि घुमनेहरू विचौलिया छुटाउन परिचालित भएका छन । गुप्तालाई हुण्डी कारोबारी रहेको सुचना दिएर फसाउने र पछि छुटाउने नाममा प्रहरीको नाममा थप रकम लिने पकाहा मैनपुर गाँउपालिका १ धोरे निवासी २७ बर्षीय मनिष यादव र बिन्दबासिनी गाँउपालिका प्रसौनीभाटा निवासी ४५ बर्षीय फारुखले सागठित अपराध अन्तर्गतको ठगी कसुर गरेको पाईन्छ ।
प्रहरी स्रोतका अनुसार दुबै जनाको ब्यानको भिडियो पर्साका एसपी कोमल शाहको मोबाइलमा सुरक्षित छ । जस्मा दुबैले पैसा लिएको र पक्राउपरेपछि फिर्ता गरेको स्विकारेका छन । गुप्ता माथी अनुसन्धान नै नगरी प्रहरीले हुण्डी कारोबारी नै घोषणा गरेर जिल्ला अदालतमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडी बढायो ।
उनी करिब ११ दिन थुनुवामा बसेर साढे ३ लाख धरौटी राखेर जिल्ला अदालतबाट जेठ ७ मा रिहा भएका छन । गुप्ताका अनुसार हुण्डी कारोबारको सुचना दिनेदेखि छुटाई दिने सम्म रकम लिएको प्रमाण हुदाहुदै पनि प्रहरीले ठगी मुद्धा दर्ता नगरेको अवस्था छ । ठगेको आरोपमा प्रहरी हिरासतमा रहेकाहरुको विरुद्ध थप कुरा बुझने कार्य भईरहेको पर्साका प्रहरी उपरिक्षक कोमल साहले बताए । उनले प्रहरी हिरासतमा रहेकाहरु विरुद्ध ठगी गरेको थप प्रमाण फेला परे मुद्धा दर्ता गरेर अगाडी बढ्ने बताए ।
नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए।
पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ ।
अनधिकृत सौन्दर्य प्रसाधन बजारमा छ्यापछयाप्ती पाइन्छ । जसमा एलईडी र मर्करी जस्तो छालालाई हानि गर्ने तत्व हुन्छ । जसले छालालाई सुन्नाउने र त्यसमा असर गरी चायापोतो आउन सक्छ ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्