दोषी छैनन् भने टोपबहादुर प्रहरीबाट किन लुकेर बसेको ? – सांसद प्रदीप यादव

रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्दै उनले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिए ।

सम्वादाता | २०८० बैशाख २६ गते १३: २१ मा प्रकाशित

काठमाडौं – सांसद प्रदीप यादवले पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भाग्नुले उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको प्रमाणित भएको बताएका छन् ।
रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्दै उनले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिए ।
‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं असुल्ने मुद्दामा फरार माननीय टोपबहादुर रायमाझी अझै पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेकोरु’ उनले भने, ‘लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि हुन्छ । उनका छोरा पक्राउ पर्नुले झन यसमा बल पुगेको अवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस्