वीरगन्ज वडा नं. १ का बासिन्दाले मागे वडा अध्यक्षको राजीनामा

११ महिना बितिसक्दा वडामा विजुलीको पोल, सडक निर्माण तथा पुर्वाधार निर्माणको काम नभएको भन्दै स्थानीयहरुले शनिबार आक्रोश पोखेका छन् ।

सम्वादाता | २०८० बैशाख २ गते १३: ०६ मा प्रकाशित

वीरगन्ज –वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा नयां जनप्रतिनिधि निर्वाचित भएको ११ महिना बितिसक्दा पनि विकासको कुनै कार्य नभएको स्थानीयले गुनासो गरेका छन् ।

११ महिना बितिसक्दा वडामा विजुलीको पोल, सडक निर्माण तथा पुर्वाधार निर्माणको काम नभएको भन्दै स्थानीयहरुले शनिबार आक्रोश पोखेका छन् ।

शनिबार वडामा आयोजित सार्वजनिक सुनवाइमा वडा कार्यालयमा वडा अध्यक्ष नआउने गरेकाले दैनिक सिफारिस पनि नभएको गुनासो सेवाग्राही गरेका छन् । सार्वजनिक सुनवाइमा स्थानीय वडा वासीहरुले वडा अध्यक्ष को राजिनामा समेत माग गरेका थिए ।

वडा सदस्य दिपेन्द्र राउतले वडा अध्यक्ष मनोज राउत कुर्मी एकलौटी रुपमा काम गर्ने प्रयास गरेको र ६ महिनादेखि वाडा समितिको बैठक नबसाएको आरोप लगाए । वडा समितिको बैठक नगरी निर्णय वेगर वडा अध्यक्ष कुर्मीले विबिध खर्चमा राखिएको पैसा चलाएको वडा सदस्य राउतले बताए ।

सार्वजनिक सुनवाइमा वडा अध्यक्ष मनोज गुप्ताले आफु सरकारी सुविधा लिने नगरेको र आफ्नो व्यक्तिगत काम पनि रहेकोले आफु दुई बजे पछि मात्र वडा समितिमा बस्ने स्पष्टीकरण दिएका छन् । शनिबार विहान लक्ष्मी नारायण मन्दिरको परिसरमा सार्वजनिक सुनवाई गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्