भलुवाई खोलामा ठेकेदारको मनोमानी, वन क्षेत्रमा उत्खनन

ओभरलोडले ग्रामीण सडकका यातायात अव्यवस्थित

सम्वादाता | २०७९ चैत २७ गते १३: २८ मा प्रकाशित

मेघराज राय
वीरगन्ज– जिराभवानी चैत २७ पर्साको पटेर्वासुगौली गाउँपालिका अन्तरगत पर्ने पर्साराष्ट्रिय निकुञ्ज र सामुदायिक बनसँग सीमा जोडिएका भलुवाई खोलाको विभिन्न साहयक खोलाहरूबाट मनोमानी ढङ्गले गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरेर क्षमताभन्दा बढी ट्याक्टरमा लोड गरी ओसारपसार हुँदा ग्रामीण सडकहरू खाल्डाखुल्डीमा परिणत भएको छ ।

भलुवाई खोलामा मापदण्ड बिपरित गिट्टी बालुवा दिन्हु उत्खनन हुँदा समेत स्थानीय निकाय कानमा तेल र आखामा बटि बाधेर मौन बसेका छ्न । पर्साको पटेर्वासुगौलि गाउँपालीकामा पर्ने भलुवाई खोलामा आर्थिक बर्ष २०७९/२०८० को लागि ४९ लाखमा श्री आयुश कन्ट्रक्सनले ठेक्का साकार गरेको छ ।

ठेकेदारले भलुवाई खोलाबाट जथाभावी मापदण्ड बिपरित गिट्टी, बालुवा, ढुङ्गा उठाउँदा खोला पोखरीजस्तो भएको छ । बढी गहिराइमा ढुङ्गा, बालुवा, गिट्टी पुल गाउँबस्ती स्कुल मठमन्दिरको ३०० मिटर वरिपरि उत्खनन गर्ने प्रावधान नभए पनि ठेकेदारले गाउँबस्ती र बनजङ्गलको ख्याल नगरी उत्खनन गरिरहेको पाईएको छ ।

ठेकेदारले खोलामा होर्डिङ्गबोर्ड लगाउनुपर्ने, पूर्जी काटने कर्मचारीलाई पोशाक, परिचयपत्र, ओभरलोड गर्ने, प्रतिघनफिट नापेर पूर्जी काट्नुपर्ने प्रवधावन भए पनि ठेकेदारले मनपरी कार्य गर्दै आएका छन् ।

टेलरमा जति लोड गरे पनि १ सय ३२ घनफिटको रु ६०० काटने गरेका छन् । कुनै टेलरमा १००, १२०, १३५, १४० सम्म अटने हुँदा ठेकेदारले बिना नाप अन्दाजी पुर्जी काटने गरेकोले ओभरलोडको कारण पर्साको ग्रामीण सडक खाल्डाखुल्डीमा परिणत भएको छ । यसबाट यातायातमा समस्या र दुर्घटनाका सम्भावना बढि रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

जिल्ला प्रसाशन र जिल्ला समुन्वय समिति, पर्साले अनुगमन नगर्दा ठेकेदारले जथाभावी कार्य गर्दा प्रकृतिक सम्पदा खतरामा पर्ने सम्भावना रहेकोले यस विषयमा प्रहरी, प्रशासन, वन, जिल्ला जिल्ला प्रसासन जिल्ला समुनय समितिको ध्यानाकर्षण हुनुपर्ने स्थानीयवासीको माग छ।

प्रतिक्रिया दिनुहोस्