बाईक दुर्घटनामा परेकी युवतीलाई उद्दार गर्ने बहानामा दुव्र्यहार गरेपछि नेशनल मेडिकल कलेजका निर्देशक बशरुद्दिनका छोरा सहित ४ डाक्टर प्रहरी खोरमा 

महिला माथि दुव्र्यहार गरेको विषयमा प्रहरी संवेदनशील रहेको बताउंदै बिहीबार युवतीले जाहेरी ल्याएपछि थप कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

सम्वादाता | २०७९ फागुन २५ गते १०: १४ मा प्रकाशित

वीरगन्ज– गत मंलबार सांझ करिब साढे ८ बजेको समयमा वीरगन्जको लिंक रोडमा युवा\युवती एउटा बाईकमा सवार भई घर फर्किने क्रममा दुर्घटनामा परे । बाईकमा सवार दुबै जना भुईमा लडे । त्यहा रहेका ६ जना युवाको समूहले युवतीलाई उद्दार÷सहयोग गर्न आइपुगे । सहयोगको बहानामा युवाहरुले युवतीलाई दुव्र्यहार गर्न थाले ।

युवाहरुले अत्यधिक मदिरा सेवन गरेका थिए । युवतीले प्रतिकार गरिरहेकी थिइन् । केही बेरमा आइपुगेको प्रहरीले ती युवाहरुलाई युवती भन्दा टाढा पार्न खोजेका थिए । तर, युवाहरुले प्रहरीसंग पनि दुव्र्यहार गरे । जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको थप टोलीले ती उच्छृखंल युवाहरुलाई नियन्त्रणमा लियो । यो सबै दृश्य सीसीटीभी क्यामेरामा रेकर्ड भएको छ ।

नारायणी अस्पतालमा मापसे (मादक पदार्थ सेवन) चेक गराउंदा युवाहरुले अत्यधिक मात्रामा मदिरा सेवन गरेको रिर्पोट आयो । जब प्रहरीले ती युवाहरुलाई जिल्ला प्रहरी कार्यालयको थुना (खोर) मा पुयायो तब प्रहरी अधिकृतहरुको मोबाइलमा धमाधम फोन आउन थाल्यो । युवतीलाई दुव्र्यहार गर्ने युवाहरु हाई प्रोफाइल परिवारबाट रहेको रहस्य बाहिरियो । 

प्रहरी स्रोतका अनुसार वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक तथा एमाले नेता बशरुद्दिन अन्सारीका छोरा जहांगिर अन्सारी उनको भतिजो तारिक अन्सारी सहित मेडिकल कलेजका ४ जना डाक्टरहरुले युवतीलाई दुव्र्यहार गरेका छन् ।

मंगलबार राति थुनामा परेका छोरा, भतिजो सहित ६ जना बुधबार पनि नछुटेपछि कलेजका निर्देशन बशरुद्दिन आफू निकटका पत्रकार लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

दुव्र्यहारमा परेकी युवती आफ्नो कलेजको स्टाफको छोरी रहेको र उनीसंग सहमति भइसकेको लगायतका भुठा कुरा बताएर बशरुद्दिनले प्रहरी अधिकृतलाई मनाउने प्रयास गरिरहेका थिए । महिला माथि दुव्र्यहार गरेको विषयमा प्रहरी संवेदनशील रहेको बताउंदै बिहीबार युवतीले जाहेरी ल्याएपछि थप कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्