गाउँपालिका अध्यक्ष यादवले ठाकुरराम क्याम्पसमा गरे खानेपानी धारा हस्तान्तरण

विगत लामो समय देखि क्याम्पसको छात्राबासमा खानेपानी धाराको अभाव रहेको खबर पाएपछि खानेपानी धारा लिएर क्याम्पस पुगेको उनले बताए ।

सम्वादाता | २०७९ फागुन १४ गते १६: २७ मा प्रकाशित

वीरगन्ज–पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा खानेपानी धारा सहयोग गरेका छन । गाउँपालिका अध्यक्ष यादवले क्याम्पस प्रमुख डा। उमेश कुशवाहालाई क्याम्पस मै पुगेर धारा हस्तान्तरण गरेका हुन् ।

विगत लामो समय देखि क्याम्पसको छात्राबासमा खानेपानी धाराको अभाव रहेको खबर पाएपछि खानेपानी धारा लिएर क्याम्पस पुगेको उनले बताए । गाउँपालिका अध्यक्ष यादवले ०६५ सालमा क्याम्पसमा विद्यार्थी राजनीति सुरुवात गरेका थिए । ठाकुर राम बहुमुखी क्याम्पस नै राजनीति गर्ने योग्य बनाएको भन्दै विद्यार्थीको समस्या समाधान गर्न लागेको उनले बताए ।

यादवले क्याम्पसमा यहीँ आर्थिक बर्ष ०७९र०८० को बजेटमा क्रीकेट मैदान निर्माण गर्न ५ लाख रकम सहयोग गर्ने बताए । साथै उनले अगामी दिनमा पनि क्याम्पसमा कुनैपनि समस्या परे निर्धक भएर सहयोग गर्ने बताए ।

धारा हस्तान्तरणको क्रममा अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी , सचिव पवन यादव ,इकाई अध्यक्ष आसिफ अहमद , श्याम रौनियार लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्