वीरगन्ज– मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री रहँदा सुविधास्वरुप पाएका सामानहरू अझै फिर्ता गरेका छैनन् । पूर्व मुख्यमन्त्री राउतले एउटा स्कार्पियो गाडी अझै फिर्ता गरेका छैनन् ।
त्यस्तै उनले लिएको ५ थान मोबाइल र एक थान ल्यापटप पनि फिर्ता नगरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । सुविधा स्वरूप उपलब्ध गराएको सवारीबाहेक अरु थप सवारी सुविधा माग गर्न नपाइने व्यवस्था भए पनि राउतले आफ्नो कार्यकालमा विभिन्न गाडी लिएका थिए । तीमध्ये एउटा गाडी अझै फिर्ता नभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको हो ।
मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारी भन्छन्, ‘उहाँले गाडीसहितका केही सामान अझै फिर्ता नगरेको जिन्सीको अभिलेखमा देखिन्छ ।’ ती सामान फिर्ता नभएकोबारे मुख्यमन्त्रीलाई पनि जानकारी गराइसकेको ती कर्मचारीको भनाइ छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।
मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन ।
पालिकाको रेड बुक सार्वजनिक नगरि गोप्यरुपमा उपभोक्ता समिती बनाई आफनो नाता पर्ने व्यक्तिहरुलाई भुगतानी गर्ने, पहिलाको कर्मचारीलाई हटाई आफनो नातागोता वां कार्यकर्ता भर्ती गरेको आरोप लगाउदै स्थानियले सुचनाको हक प्रयोग गरि भुगतानी विवरण ,कर्मचारी भर्ना प्रकृया, लक्षित तथा समाजिक कार्यक्रमको विवरण भुगतानी,खरिद तथा खर्च विवरणको सुचना मांग गरेका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बाल कैदी सुधार गर्ने गृहहरुको व्यवस्थापन र विभिन्न नितिगत पक्षलाई नै सुधारको खाचो रहेको बताए । उनले निगरानी गर्ने विभिन्न सरोकारवालाको आवश्यक्ता भएपनि सुधारगृहको नितिगत निणर्य ,सुरक्षा, व्यवस्थापन तथा बजेट संचालन एउटै मन्त्रालयबाट भएमा सहज हुने सुभाव राखे ।
प्रतिक्रिया दिनुहोस्