संघको सदस्यता नलिई संघको विधान र मर्यादा विपरित व्यवसायीक कारोबार गरिरहेकाले सम्पूण औषधी व्यवसायीलाई उक्त फर्मलाई नगद वा उधारोमा औषधी बिक्री वितरण नगरि दिन हुन सूचना नै आह्वान गरिएको गौतमले बताए ।
वीरगन्ज– गत महिना वीरगन्जको विर्तामा सञ्चालनमा आएको एक औषधी पसललाई नगद वा उधारोमा औषधी बिक्री वितरण नगरि दिन हुन सम्पूर्ण औषधी व्यवसायीलाई औषधी व्यवसायी संघ पर्साले आह्वान गरेको छ । सम्यक ग्रुप अफ हेल्थ केयर प्रालिले संघको सदस्यता नलिएको र औषधीको अधिकतम मूल्यमा कम्तिमा १० प्रतिशत छुट दिएकाले नेपाल औषधी व्यवसायी संघले उक्त फार्मेसीलाई औषधी बिक्री वितरण बन्द गर्न आह्वान गरेको हो ।
नेपाल औषधी व्यवसायी संघ पर्साका महासचिव विश्वराज गौतमले सदस्य– सदस्यको बीचमा मात्र कारोबार गर्ने संघको प्रावधान रहेकाले सम्यक ग्रुप अफ हेल्थ केयरलाई औषधी बिक्री वितरण नगर्न अन्य व्यवसायीहरुलाई आह्वन गरिएको बताए । संघको सदस्यता नलिई संघको विधान र मर्यादा विपरित व्यवसायीक कारोबार गरिरहेकाले सम्पूण औषधी व्यवसायीलाई उक्त फर्मलाई नगद वा उधारोमा औषधी बिक्री वितरण नगरि दिन हुन सूचना नै आह्वान गरिएको गौतमले बताए ।
औषधीमा कुनै क्लेम आयो भने वा बाकी बक्यौता भयो भने कसले जिम्मा लिन्छ, गौमतले भने, यस्ता थुप्रै केसहरु लिएर प्रहरी कहा पुग्दा पहिले आफ्नै संघमा मिलाउनुस् भन्छन् अनि संघकै सदस्यता नलिएकासग कसरी व्यवहार मिलाउनु । सम्यक ग्रुपले प्रत्येक औषधीको अधिकतम खरिद मूल्य (एमआरपी) मा दिदै आएको १० प्रतिशत छुटमा समेत संघले आपत्ती प्रकट गरेको छ ।
संघका महासचिव गौतमका अनुसार सरकारले औषधी व्यवसायीलाई १६ प्रतिशतसम्म मार्जिन राखेर बिक्री गर्न भनेको छ । ‘१६ प्रतिशतको मार्जिन मध्ये सम्यक ग्रुपले १० प्रतिशत छुट नै दिने गरेको छ,’ उनले भने, ‘जम्मा ६ प्रतिशत मार्जिन राखेर पसल भाडा, कर्मचारी तलब, घर खर्च कसरी चल्छ ? यसले व्यापारमा विकृत्ति फैलाउ“छ ।’
कतिपय व्यसायीले छुट दिएर मूल्य पनि बढाएको सुनिदै आएको उनले सुनाए । सम्यक ग्रुप अफ हेल्थ केयर प्रालिका अध्यक्ष विजयराज पडितले झुठो आरोप लगाई हामीलाई औषधि बिक्री वितरण नगरि दिन भन्दै नेपाल औषधि व्यवसायी संघले सम्पूर्ण औषधि व्यवसायीहरुलाई आह्वान गरि पत्र लेखेकोमा दुख र खेद प्रकट गरेको जनाएका छन् ।
‘संघको सदस्यता लिनु वा नलिनु हाम्रो अधिकार र रोजाई हो,’ उनले भने, ‘संघको सदस्यता नलिइकन औषधि व्यापार गर्न नहुने वा नमिल्ने कुरा कानुनसम्म होइन् । स्वतन्त्र रुपमा औषधि व्यवसाय गर्न पाउनु हाम्रो संवैधानिक अधिकारलाई हनन हुने गरी संघले व्यवहार गरेको छ ।’ यसको साथै संघको सदस्य नै नरहेको हामी माथि विधान र मर्यादा विपरीत व्यवसायीक कारोबार गरिरहेको भन्ने लगाएको आरोपलाई फिर्ता लिन हुन अनुरोध गरेको उनले जनाए ।
१ सय एक जना व्यक्तिहरु मिलेर सुरु गरेको सम्यक ग्रुप अफ हेल्थकेयर प्रालि (फार्मेसी युनिट) बाट रोगी आम उपभोक्तालाई सबै औषधि अधिकतम खुद्रा मुख्य (एमआरपी) मा कम्तिमा १० प्रतिशत छुट दिने राखिएको प्रावधान उपभोक्तामुखी र कानुनसम्मत नै रहेको अध्यक्ष पडितको दाबी छ । सरकारले १६ प्रतिशतको मार्जिन दिएपनि नगदमा औषधि खरिद गर्दा थप ४ देखि ५ प्रतिशत छुट पाउने गरेको उनले बताए ।
‘वीरगन्ज भन्दा काठमाडौमा पसलको भाडा मह“गो छ तैपनि औषधि खरिदमा एमआरपीको १० प्रतिशत छुट पाइन्छ,’ पडितले भने, ‘कतिपय औषधीमा त थोक बिक्रेताले २ सय प्रतिशतसम्म छुट दिने गरेका छन्, उक्त फाइदा पनि औषधी व्यवसायीले नै पाउने गरेका छन् ।’ उपभोक्तालाई सस्तोमा औषधी खरिद गर्न पाउने अधिकारबाट वञ्चित गर्ने कार्य आम जनतालाइ पनि स्वीकार्य नहुने उनी बताउछन् । संघले उठाएको कदम सच्याउन तथा हामीलाई स्वतन्त्र रुपमा व्यवसाय गर्न अपिल गर्दछौ । आवश्यक सहयोग तथा समन्वय गरिदिन उपभोक्ता हक हित मञ्च र स्थानीय प्रशासनलाई समेत ध्यानाकर्षण गराएको उनले जनाए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्