वडाध्यक्ष चतुर्वेदीले गरे महिला स्वास्थ्य स्वयम सेविकाको सम्मान

वडा कार्यालयको सहयोग र युवा नेपाल संघको आयोजनामा महिला स्वास्थ्य स्वयम सेविकाको सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वादाता | २०७९ फागुन १० गते १८: ५८ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष्ँ आशुतोष चतुर्वेदीले बुधबार एक कार्यक्रमको आयोजना गरि महिला स्वास्थ्य स्वयम सेविकाको सम्मान गरेका छन् । वडा कार्यालयको सहयोग र युवा नेपाल संघको आयोजनामा महिला स्वास्थ्य स्वयम सेविकाको सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मान कार्यक्रमका सभापतित्व युवा नेपाल संघका उपाध्यक्ष्ँ सोनाली संवाले गरेका थिए । कार्यक्रममा वडा सचिव हरेराम चौधरी, वडा सदस्य सिकन्दर कुमार गुप्ता, वडा महिला सदस्य फूलनिया देवी, तेतरी देवी लगायतको उपस्थिती रहेको थियो ।

 

सम्मान कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक÷एक थान ब्लेन्केट, साडी सेट, लेडिज ब्याग, टर्च, सल, प्रमाणपत्र, मोबाइल, एनटीसी सिम र लेडिज छाता वितरण गरिएको थियो ।

स्वास्थ्य स्वयम सेविका उमापती देवी, सिता देवी क्षेत्री, सावित्री देवी चतुर्वेदी, प्रमिला देवी, जागो देवी, शान्ति देवी, धनपतिया देवी, शोभा देवी र गुजरी देवीलाई वडाध्यक्ष्ँ आशुतोष चतुर्वेदीले सम्मान गर्दै ९ थान सामान वितरण गरेका थिए । ‘वडामा खटेर काम गर्छन्,’ वडाध्यक्ष चतुर्वेदीले भने, ‘प्रोत्साहनका लागि सम्मान गर्दै आवश्यक सामाग्री वितरण गरेका छौ“ ।’

प्रतिक्रिया दिनुहोस्