सीप विकास तथा रोजगारीको लागि मोबाइल मर्मत तालिम सम्पन्न

सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएको हुनाले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा वीरगंज महानगरको सधैं सकारात्मक भुमिका रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्वादाता | २०७९ फागुन ५ गते १७: ३८ मा प्रकाशित

वीरगन्ज– सीप विकास तथा रोजगारीको लागि मोबाइल मर्मत तालिम सम्पन्न भएको छ । वीरगंज स्थित उधोग बाणिज्य संघको सभाहलमा
पारस सीप विकास केन्द्र वीरगंजको आयोजनामा गरिएको मोबाईल मर्मत तालिम आज एक कार्यक्रम का बिच सम्पन्न भएको छ । २० जना युवाहरुलाई ४५ दिने मोबाइल मर्मत तालिम प्रदान गरिएको थियो ।

मोबाइल मर्मत तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप उपमेयर इम्तियाज आलमले यस अवस्थामा सीपमूलक तालिम प्राप्त गर्ने कुरा अत्यन्त महत्वपूर्ण अवसर भएकाले सिकेको सीपलाई सामान्य अवस्थामा फर्केपछि आय आर्जनमा प्रयोग गर्न सुझाव दिएका थिए।

सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएको हुनाले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा वीरगंज महानगरको सधैं सकारात्मक भुमिका रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमेयरले तालिम केन्द्र मार्फत कार्यालयमा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिमको ब्यवस्थाका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीहरुले अनुभव मन्तब्य राख्दै सामान्य जीवनमा फर्किएर यही आयआर्जनको माध्यम बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त मोबाइल मर्मत तालिम समापन कार्यक्रम वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख अतिथित्यमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा, वीरगंज महानगरका कर्मचारी कमल महतो, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव, पत्रकार राहुल गुप्ता लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्