आफुले सिकेको सिप र ज्ञानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सके थुप्रै उपलब्धी हासिल गर्न सकिने : उपमेयर इम्तियाज आलम

१ सय २० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको थियो ।

सम्वादाता | २०७९ माघ २३ गते १७: २९ मा प्रकाशित

वीरगन्ज– गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न भएको छ । गरीबी निबारणका लागि वीरगंज उधोग बाणिज्य संघ, लघु व्यवसाय विकास कोष पर्सा को अन्तर्गत लघु व्यवसायी कार्यक्रम तालिम दिइएको हो ।

वीरगंज महानगरपालिका र बिरगंज उधोग वाणिज्य संघको समन्वयमा भएको तालिम अन्तर्गत सिलाई कटाई, ढाका बुनाई, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर, मोबाइल बनाउने तालिम र काठका फर्निचर निर्माण गर्ने तालिम सञ्चालन गरिएको हो ।

१ सय २० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको थियो । संस्थाकी अध्यक्ष चंचला दासका अनुसार यो कार्यक्रम नतिजामा आधारित र वास्तविक विपन्न मात्रै यो कार्यक्रमको लक्षित वर्गमा पर्ने बताए । उनले यो कार्यक्रम सफल भएको दावी गरिन ।

वीरगंज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले अति बिपन्न, न्युन आयस्तर भएका, गरिब, बेरोजगारीलाई पनि आत्मनिर्भर बनाउनुपर्छ , उनीहरुका लागि पनि केहि सिपमुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ भनेर लाखौ रुपैया खर्च गरेर तालिमहरु संचालन गर्छ ।

उनले भने तर त्यो तालिम सिक्नेहरुले दुई चार दिन तालिम खुब मन लगाएर सिक्छ पछि सबै बिर्सिन्छ यसले गर्दा राज्यको लगानी जति सबै खेर जान्छ । आफुले सिकेको सिप र ज्ञानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सके थुप्रै उपलब्धी हासिल गर्न सकिने उपमेयर आलमको भनाई थियो ।

यसै बिच कार्यक्रममा सहभागी स्तरोउन्नती तर्फका उधमीहरुलाई बिभिन्न खाले उपयुक्त प्रबिधिहरु वितरण गरिएको छ । सीप सिकौ आत्मनिर्भरता बनौ भन्ने उदेश्यका साथ किसान र महिलाहरुलाइ कृषिमा निर्भरता गराई महिला उद्यमसिलतामा जोड दिइ महिलाहरुको सीप बिकाश गर्ने गरिबी निबारणका लागि लघुउधम बिकास कार्यक्रम अझै ध्यान पुर्बक चलाउनु पर्ने वताए। साथै तालिम प्राप्त गरेका व्यक्तिहरू लाइ प्रमाण पत्र वितरण गरिएको थियो

 

 

प्रतिक्रिया दिनुहोस्