वीरगन्जका पूर्व मेयर विजय सरावगीले उद्घाटन गरेको लेखिएको शिलालेख फोडियो

पार्क निर्माण सम्पन्न भएपछि २०७८ चैत १४ मा जेष्ठ नागरिकका अगुवा र त्यस वडाका प्रतिनिधीको रोहवरमा पूर्व मेयर विजय सरावगीले उद्घाटन गरेका थिए ।

सम्वादाता | २०७९ माघ १८ गते १०: ०८ मा प्रकाशित

वीरगन्ज– वीरगन्जका पूर्व मेयर विजय सरावगीको कार्यकालमा उद्घाटन गरि निर्माण गरिएको शिलालेख फोडिएको अवस्थामा फेला परेको छ । मेयर सरावगीका स्वकीय सचिव रहेका पिन्टु उपाध्यायले बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा उद्घाटन हुदाको शिलालेख र अहिले फोडेर फालिएको शिलालेखको तस्बिर राखेका छन् । यो कस्तो राजनीतिक संस्कार हो भनि उनले प्रश्न समेत गरेका छन् ।

 

उपाध्यायका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवा स्थित जेष्ठ नागरिक पार्क निर्माणका लागि महानगरपालिकाको नगरस्तरीय बजेटबाट ६५ लाख रुपैया खर्चिएको थियो । पार्क निर्मँण सम्पन्न भएपछि २०७८ चैत १४ मा जेष्ठ नागरिकका अगुवा र त्यस वडाका प्रतिनिधीको रोहवरमा पूर्व मेयर विजय सरावगीले उद्घाटन गरेका थिए । नगरप्रमुखबाट उद्घाटन गरिएको शिलालेख पनि पार्कमा निर्माण गरिएको थियो ।

 

बुधबार विहान उक्त शिलालेख फोडेर फालिएको अवस्थामा फेला परेको छ । ‘अब तपाईहरु नै विचार गर्नुस कि त्यो शिलालेखसंग कसलाई मर्का परिरहेको थियो र ती व्यक्तिहरु कस्ता राजनीतिक संस्कार बोकेका छन्,’ उपाध्यायले थप लेखेका छन्, ‘आफूले केही न गर्ने अरुले गरेको कामको शिलालेख फोडेर आफ्नो नाम चिपकाउने परिपाटि अहिले वीरगन्जमा आम कुरा जस्तो भएको छ । ’

 

 

प्रतिक्रिया दिनुहोस्