वीरगन्जमा महात्मा गान्धी मार्ग र पार्क नामकरण हुने भएपछि स्थानीय उत्रे विरोधमा

वीरगञ्ज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन ।

सम्वादाता | २०७९ माघ १८ गते ०९: १७ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिपरा स्थित जेष्ठ नागरिक पार्कलाई महात्मा गान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी कार्ययोजना अगाडी बढाएको प्रति स्थानीयवासीले आपत्ति जनाएका छन ।

पिपराका युवाहरुले बुधबार विभिन्न विरोधका नारा अंकित प्लेकार्ड बोकेर सडकमा प्रदर्शन गरेका छन् । वीरगञ्ज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन ।

महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिङ्क रोडको नाउँ हटाए महात्मा गान्धी ९एमजी० रोड नामाकरण गरी उदघाट्न गर्ने भएको छ । युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वडा नं १४ का अध्यक्ष महेश पटेल, नेकपा एसका वडा नं १४ का अध्यक्ष मदन प्रसाद कुर्मी, कुशल पटेल, कृपानिधि पटेल, गम्भीरा साह, मुन्ना पटेल, अशोक प्रसाद, सुनिल राय भर लगायतले पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृति माथिको प्रहार भएको बताएका छन् ।

 

उनीहरुले मंगलबार वडा नं १४ का वडा अध्यक्ष मेहबुब एलहीलाई ज्ञापन पत्र बुझाएका छन । पिपरा लिङ्क रोड टोल विकास समितिले समेत यसको विरोध गर्दै विज्ञप्ती जारी गरेको थियो भने सामाजिक सञ्जालमा दिनका दिन विरोध हुँदै आएको छ ।

मेयरले व्यक्तिगत स्वार्थका लागि महात्मा गान्धीको नाउँ राख्न खोजेको आरोप स्थानीयहरुले लगाएका छन् । वीरगन्ज महानगरपालिकले विहीबार विहान साढे ९ बजेको समयमा महात्मा गान्धी मार्ग नामाकरण समारोह मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव एवं नेपालका लागि भारतीय राजदुर नवीन श्रीवास्तवबाट संयुक्त रुमा नामाकरण शिला अनावरण कार्यक्रम आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्