गोपालचन्द्र गोतामे स्वर्ण पदक जनकपुरकी मोनिका झालाई प्रदान गरिने

सामाजिक उत्तरदायित्व अनुरूप अव्वल पत्रकारिता गर्ने देशभरिबाट एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरि प्रतिष्ठानले एक तोला सुनको तक्मा प्रदान गर्दै आएको छ ।

सम्वादाता | २०७९ माघ १६ गते १०: ४९ मा प्रकाशित

वीरगन्ज– यस वर्षको स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने निर्णय भएको छ ।

सोमबार विहान स्व.गोपालचन्द्र गौतम प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन बैठकले फागुन २ गते निरन्तर क्रियाशील पत्रकार महिला मनिका झा लाई १३ औ संस्करणको स्वर्ण पदक प्रदान गर्ने निर्णय गरेको हो ।

झा नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष हुन । बिगत दुई दशक देखि विभिन्न संचार माध्यमा सक्रिय पत्रकारिता गर्दै आएकी झा हांल अन्पुर्णा पोष्ट राष्ट्रिय दैनिकको मधेश व्युरोको रूपमा कार्यरत छिन ।

निर्भिक र शाहसिक पत्रकार महिलाको रूपमा परिचित झा समाजिक उथानको लागि पत्रकारिता मार्फत भुमिका निर्वाह गर्दै आएकी हुन ।समाजिक उत्तरदायित्व अनुरूप अव्वल पत्रकारिता गर्ने देशभरिबाट एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरि प्रतिष्ठानले एक तोला सुनको तक्मा प्रदान गर्दै आएको छ ।

बीरगन्जका पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा यो पुरस्कार वितरण हुँदै आएको छ । यसभन्दा अगाडि यो पदक पत्रकार बैधनाथ झा, स्व। शिवहरि भट्टराई , भोला पासवान, डिआर घिमिरे, प्रताप विष्ट, लगायतकाले पाएका छन ।

प्रतिक्रिया दिनुहोस्