प्रहरी थुनुवामा रहेको मान्छे छुटाइ दिन्छु भनी ठगी गर्ने श्रेष्ठ पक्राउ

श्रेष्ठलाई नियन्त्रणमा लिई निज बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी बुढाथोकीले जनाए ।  

सम्वादाता | २०७९ माघ १६ गते ०९: १७ मा प्रकाशित

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कोठामा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भनि परिवारसंग ठगी गर्ने धिरेन्द्र बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई आईतबार दिउसो २ बजेको समयमा यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्ष्ँक निर्मल बुढाथोकीले बताए ।

श्रेष्ठलाई नियन्त्रणमा लिई निज बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी बुढाथोकीले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्