काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयद्वारा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा सदस्य थप गरेको हो ।
समितिमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा सुमन आचार्य, नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य पदम भट्टराई, कृषि, वन तथा पशु विज्ञानका विद्यार्थी रमेशप्रसाद भट्ट, पङ्कजकुमार क्षेत्री, इञ्जिनियर राजेश्वर कमली, पत्रकार टेकराज अवस्थी, अधिवक्ता सुमन सैजुवाल, विकल राई, प्रसन्न वैद्य, प्रकाश श्रेष्ठ, महेन्द्र सिंह सदस्य छन् ।
स्ववियु निर्वाचनमा नेविसङ्घको सहभागितालाई प्रभावकारी बनाउन उक्त समितिलाई पूर्णता दिइएको अध्यक्ष शेर्पाले बताए । समितिको सदस्यमा प्रकाश सुवेदी, अनुप सुनुवार, डा हिमाल भट्ट, विपीन बुढाथोकी, इञ्जिनियर आदर्श लामिछाने, इञ्जिनियर विपीन भट्टराई, इञ्जिनियर बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पुजा फुँयाल, सगुन कँडेल, पदमा भुसाल, इञ्जिनियर अनुकूल रेग्मी छन् ।
यसैगरी, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, आशिका पौडेल र शिवलाल पौडेल सदस्य छन् । उक्त समितिको सदस्य सचिवमा विकल राईलाई मनोनित गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए ।महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ ।
सार्वजनिक महत्वको बिषयबस्तुमा भएको बेथिति र अनियमिततालाई प्रकाशमा ल्याउन संचारकर्मीलाई कुनैपनि बहानामा निषेध र आक्रमण गर्ने कार्य निन्दनीय रहेको ठहर गर्दै महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बिज्ञप्ती मार्फत दोषि शिक्षक शिक्षिकालाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित पक्ष समक्ष माग गर्नुभएको छ ।
इन्स्पेक्टर कार्कीले विभिन्न विद्यालयबाट यस्ता सूचनाहरू आइरहेका भए पनि आज शिक्षकहरूको सहयोगमा नियन्त्रणमा लिन सफल भएको बताए । नियन्त्रणमा लिए पनि उनको व्यक्तिगत विवरण खुल्ने कुनै कागजात फेला नपरेकाले यकिन गर्ने कार्य भइरहेको उनले बताए । पक्राउ परेका व्यक्ति गोलबजार, मिर्चैया, सुखीपुर लगायत क्षेत्रका विद्यालयहरूमा पुग्ने र शिक्षक तथा कर्मचारीलाई त्रसित पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्