प्रहरीले मानसिक तनाव दिएको भन्दै वीरगन्ज भन्सारका एजेन्टहरु आन्दोलनमा

संस्थागत तस्करी बन्द भएपछि प्रहरीको टार्गेटमा भन्सार परेको छ ।

सम्वादाता | २०७९ माघ १० गते १६: १९ मा प्रकाशित

वीरगन्ज– पर्सामा नयां एसपी आउने बित्तिकै झन्डै १ वर्ष यतादेखि हुंदै आएको संस्थागत तस्करी बन्द छ । लामो समयदेखि पर्सा प्रहरीको क्राइममा खटिएका घुमुवा प्रहरीलाई नयां एसपी कोमल शाहलाई काम देखाउने चटारो छ ।

संस्थागत तस्करी बन्द भएपछि प्रहरीको टार्गेटमा भन्सार परेको छ । न्युन बिजकीकरण गरी भन्सारबाट मालसामान छुटाउने समूह रहेको जानकारी पुराना प्रहरीलाई नभएको पनि होइन् ।

विगतमा मालवाहक ट्रक नियन्त्रणमा लिएर सेटिङ गरी राति नै ट्रक नछाडिएको पनि होइन् । तर, अहिले सूचनाको आधार दिंदै प्रहरीले राजस्व छली नभएका मालवाहक ट्रक समेत नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाउन थालेपछि भन्सार एजेन्ट संघले आन्दोलनको चेतावनी दिएको छ । 

वीरगन्ज भन्सार एजेन्ट संघका कार्यावहक अध्यक्ष निर्मल कुर्मीले विगत केही दिन देखि भन्सार जा“चपास भएर भि.सि.टि.एस प्रणालीमा इन्ट्री समेत भई गन्तव्य तर्फ जान लागेका मालवाहक गाडीलाई भन्सार यार्ड क्ष्ँेत्रबाट घुमुवा प्रहरीले नियन्त्रणमा लिने गरेको बतँए । सादा पोसाकमा खटिएका प्रहरीले कर्मचारीलाई गाली गलोज समेत गरी गाडी राजस्व अनुसन्धान पथलैया बुझाउने गरेका छन् । 

राजस्व छलीको आरोपमा प्रहरीले भन्सारबाट नियन्त्रणमा लिएका १० वटा मालवाहक गाडीबाट राजस्व अनुसन्धान पथलैयाले कुनै कैफियत नभेटेको एजेन्ट संघले जनाएको छ ।

पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि पठाएको १० वटा मालवाहक गाडीलाई कुनै जरिवाना भएको छैन् ।

अधिकार क्ष्ँेत्र भन्दा बाहिर अनावश्यक प्रहरीले गाडी नियन्त्रणमा लि“दा लोड अनलोड खर्च, गाडी डिटेन्सन खर्च र मानसिक तनाव बढेको छ । काम गर्ने वातावरण छैन् ।  सहज रुपमा काम गर्ने वातावरण बनाई दिनका लागि एजेन्ट संघले मंगलबार वीरगन्ज भन्सार कार्यालयमा निवेदन दर्ता गराएको छ ।

सहज वातावरणको माहोल नबनेसम्म बुधबारदेखि अनिश्चितकालिन काम नगर्ने जानकारी समेत गराएका छौ“ ।  प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालका अनुसार एजेन्ट संघले सहज वातावरण बनाईदिनका लागि भन्सार कार्यालयमा निवेदन दर्ता गराएको बताए ।

भन्सारबाट जाचपास भएका सामान प्रहरीले नियन्त्रणमा लिएर मानसिक तनाव दिएको, केही नभेट्दापनि सामान जाचपासको मूल्य बढेको लगायतका गुनासाहरु आएको चुडालले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडा लगायतका सामानहरु बोकेटको ट्रक वीरगन्जबाट काठमाडा“ैतर्फ गइरहको सूचनाको आधार नियन्त्रणमा लिएको जनाए । 

प्रतिक्रिया दिनुहोस्