सांसद, पूर्व सेना, गांजा तस्करको संगठीत गिरोह नै वन्युजन्तु सिकारमा

सांसद जयसवालले ड्राइभर बदले

सम्वादाता | २०७९ पौष २६ गते ०९: ४९ मा प्रकाशित

वीरगन्ज – जरायो मारेको घटनामा पर्सा राष्ट्रिय निकुञ्जले अनुसन्धान गर्दा धेरै तथ्य बाहिरिएका छन् । बाहिरिएका तथ्यहरूमा राजनीतिसँग आबद्ध व्यक्ति, पूर्वसेनाका अधिकारी र चर्चित गाँजा तस्करसमेत संलग्न देखिएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते राति पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ को जङ्गलबाट जरायो शिकार गरेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको थियो ।

घटनामा संलग्न केही फरार छन् । नेपाली सेनाको गण र राष्ट्रिय निकुञ्जको टोलीले लगत्तै भोलिपल्ट बिहान सखुवाप्रसौनी गापा–१ मा रहेको पर्सा क्ष्ँेत्र नं ३ ९१० का प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको घरजग्गामा छापामारी गरेको थियो । सो स्थानबाट दुईवटा सवारीसाधन, हतियार र दुईवटा मृत जरायो बरामद भएका थिए ।

घटनामा संलग्न अकवनियाका ४६ वर्षीय विशाल ९लक्ष्मण० सहनी, सखुवाप्रसौनीका ४४ वर्षीय नवराज बस्नेत, झापसदास थारू, सोही स्थानका ५२ वर्षीय मालदोङ तामाङ र काभ्रेपलाञ्चोक साँगा निवासी ५७ वर्षीय दामोदर अधिकारीसमेत पाँचजना पक्राउ परेका थिए । पक्राउ परेका विशाल ९लक्ष्मण० सहनी पर्सा जिल्लाका चर्चित गाँजा तस्कर हुन् ।

यसैगरी, यो घटनामा बरामद प्र २–०२–०३–००१ च ३०९० नंको गाडीका साथै एउटा बोलेरो गाडी सखुवाप्रसौनी गापाका पूर्वअध्यक्ष एवं प्रदेशसभा सदस्य प्रमोद जयसवालका सहोदर भाइ प्रदीप जयसवालको हो । घटनामा बरामद अर्को वाग्मती प्रदेशको गाडी बा ५ त ७८०५ नम्बरको गाडी सन्जित शाहीको भएको खुलेको छ । स्रोतका अनुसार शाही, नेपाली सेनाका पूर्व अधिकारी हुन् ।

उनको पद खुलिसकेको छैन । यसैगरी, घटनामा दुर्ईवटा १२ बोरको बन्दुक, सोमा लाग्ने गोली एक थान, २२ एमएमको नौ राउन्ड गोली बरामद भएको थियो । १२ बोरको बन्दूक वाग्मती प्रदेश–५ ९१० का प्रदेशसभा सदस्य श्याम खड्काको भएको अनुसन्धानबाट खुलेको छ ।

राष्ट्रिय निकुञ्जले पक्राउ परेकाबाहेक जग्गाधनी प्रदेशसभा सदस्य प्रमोद जयसवाल, गाडीधनी प्रदीप जयसवाल र लाइसेन्सप्राप्त हतियारधनी प्रदेशसभा सदस्य श्याम खड्कालाई हाजिरीको लागि बोलाएकामा उनीहरूले निकुञ्जमा उपस्थित भएर बयान दिएका छन् ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले तीनैजनासँग बयान लिएर छाडिएको बताए । उनले बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको र त्यसमा दोषी ठहर भए थप कारबाई प्रक्रिया अगाडि बढाउने बताएको छ । यो घटनामा बरामद सामग्रीहरू परीक्षणको लागि वस्तु विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । यसैगरी, घटनास्थलमा सर्जमिन, मुचुल्का तथा बयान पनि टुङ्गो लागिसकेको छ ।

फरार व्यक्तिहरूको खोजी जारी रहेको बताइएको छ । पक्राउ परेका अभियुक्तहरूलाई ४५ दिनसम्म निकुञ्जले आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान गर्न पाउने कानूनी प्रावधान छ । घटना भएको अहिले २१ दिन बितिसकेको छ । यो घटनामा दोषी ठहर हुनेलाई ऐन अनुसार २० हजारदेखि ५० हजार रुपियाँँसम्म जरिवाना, छ महीनादेखि एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

चालक फेरियो पाँचजना पक्राउ परेकामध्ये एकजना मात्र चालक रहेको र अर्को एकजना चालक फरार भएका थिए । स्थानीय व्यक्तिहरूका अनुसार जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० को गाडी उपेन्द्र यादव भन्ने व्यक्तिले चलाउँदै आएका थिए । जङ्गलमा भएको शिकारीविरुद्धको अपरेशनमा यादव भाग्न खोज्दा उनलाई सेनाले गोली हानेको थियो ।

तर घाइते अवस्थामा पनि उनी फरार हुन सफल भए । अहिले उनी पूर्णरूपमा भूमिगत छन् । यो अवसरको फाइदा उठाएर उनको ठाउँमा एकजना मुस्लिम व्यक्तिलाई चालक बनाएर निकुञ्जमा हाजिर गराइएको छ । सूचना अधिकारी खड्काले चालक हाजिर भएको स्वीकारे तर उनले चालकको नाम सार्वजनिक गरेनन् ।

स्रोतका अनुसार निकुञ्जमा हाजिर भएका व्यक्ति वास्तविक चालक होइनन् र वास्तविक चालक यादव अहिलेसम्म फरार छन् । कारबाईमा ढिलासुस्ती पर्सा राष्ट्रिय निकुञ्जले दसी प्रमाणसहित फेला परेको यो घटनामा राजनीतिकर्मी, पूर्वसेना, तस्करसमेतको संलग्नता भएपछि पहुँच र सिफारिशको आधारमा कारबाईलाई ढिला गरिरहेको आरोप छ ।

अन्य मुद्दाहरूमा निकुञ्जले पहुँच र सिफारिश नभएका व्यक्तिलाई चाँडो फैसला गरेर कानूनी दायरामा ल्याए पनि अहिले ४५ दिनसम्म अनुसन्धान गर्न पाउने कानूनी आधारलाई टेकेर अनुसन्धानमा ढिला गरिरहेको आरोप छ । २१ दिन बितिसक्दा पनि घटनालाई अन्तिम टुङ्गो लगाउनेतर्फ प्रयास भएको छैन । यसअघि भएका निकुञ्जका घटनामा चाँडो फैसला भएको नजीर छ ।

प्रतिक्रिया दिनुहोस्