वीरगन्ज– वीरगञ्ज महानगरपालिकाले इजाजत बेगर निर्माण भएका भौतिक संरचनाको नक्सा पास गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म जरिवानामा छुट दिने भएको छ ।
शुक्रबार आयोजित महानगरको १२ औँ नगर अधिवेनमा पेश भएको संशोधित आर्थिक ऐन २०७९ ले यस्तो व्यवस्था गरेको हो । नगरसभाबाट पारित संशोधित ऐनले विगतमा नक्सा पास नगरी इजाजत बेगर निर्माण भएका संचरना चालु आर्थिक वर्षको असार मसान्त भित्र अनुमतिका लागि आएमा नक्सा पास दस्तुरमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिई नियमित गर्ने व्यवस्था थप गरेको हो ।
यस्तै पछि थपिएका वडाहरु वडा नम्वर १७ देखि ३२ मा निर्माण गरिएका संरचनाहरु अनुमतिका लागि आएमा जरिवाना छुटका साथै भवनको नक्सा डिजाईन गर्न पनि महानगरले प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरले सबैलाई नक्सा पासको दायरामा ल्याउन जरिवाना छुट सुविधा असारसम्म लम्ब्याएको हो ।
यस्तै नगरपरिषदले आदर्शनगर रंगशालामा कार्यक्रम आयोजना गर्न लाग्ने शुल्क पनि संशोधन गरेको छ । विगतमा टिकट नलाग्ने कार्यक्रम निशुल्क हुने गरेकोमा अब भने प्रति दिन १ हजार रुपैयाँ सेवा शुल्क र सरसफाई वापत थप ५ सय रुपैयाँ सरसफाई शुल्क लाग्ने व्यवस्था थप भएको छ ।
स्टल बुकिङ सहितको टिकट लाग्ने कार्यक्रम रहेमा भने दैनिक ६ हजार रुपैयाँ सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्कको प्रावधान थपिएको छ । यस्तै औद्योगिक व्यापार मेला सहितको जादु सरकास आदि मनोरन्जनात्मक कार्यक्रम गरेमा भने दैनिक १५ हजार ५ सय सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्क लाग्ने प्रावधान थपिएको छ ।
यस्तै परिषदले विनियोजन ऐन २०७९ मा चालु आर्थिक वर्षको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रहेकोमा यसमा थप आम्दानीलाई स्वीकार गर्दै ४ अर्ब ७८ लाख ८३ हजार पुर्याएको छ ।
जसमा सडक बोर्ड तर्फ १ करोड ६५ लाख, आन्तरिक आय तर्फ २ करोड ६० लाख र गत वर्षको नगद मौज्दात ६२ करोड ९० लाख रहेकाले चालु बजेट बृद्धि हुन पुगेको हो ।
संसोधित आर्थिक ऐन प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले काम हुन नसकेका र आवश्यक रहेका केही कार्यक्रमहरुमा बजेट रकमान्तर गरिएको पनि जानकारी दिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्