वीरगन्ज – स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दिने निर्णय गरेको हो ।
विगत लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिए ।
उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुदै आएको छ । पत्रकार दास एभिन्युज मधेस प्रदेशका प्रमुख छन् । यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव , सत्रुघन नेपाल , केसी लामिछाने , महेशचन्द्र गौतम , श्याम बन्जारा , ओमप्रकाश खनाल ,ध्रुव साह ,बिजय भण्डारी , प्रताप श्रेष्ठ लगायतकाले पाइसकेका छन ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का , कोषाध्यक्ष सन्जीव मिश्रा लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्