वीरगन्ज – मधेश प्रदेशस्तरीय सयुँक्त राष्ट्र युवा सम्मेलन मंगलवार देखि बीरगन्जमा सुरू भएको छ । अमेरिकी दूतावाससँगको सहकार्य र वैचारिक युवा समाजको आयोजनमा ३ दिने युवा सम्मेलनको आयोजन गरिएको हो ।
पुष १९ गतेसम्म चल्ने सम्मेलनको प्रतिनिधि सभा सदस्य प्रभु हजरा र नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले सयुँक्त रुपमा उद्घाटन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै सांसद हजराले युवाहरुको एकरुपताले नै परिवर्तन सम्भव हुने बताए ।
युवा नेतृत्वदायी भूमिकामा पुग्नका लागि यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । युवा सशक्तीकरणका लागि आफु सँधै प्रतिबद्ध रहेको सांसद हजराको भनाई थियो ।
हरेक किसिमका परिवर्तनकारी अभियान एवम् आन्दोलनहरुमा युवाहरुको सक्रियतासँगै महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले देश विकासका आधार पनि युवा नै भएको दावी गरे ।
अथाह सम्भावना र क्षमता भएका युवा शक्तिलाई देशले सही ढंगले परिचालन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सभापति तिवारीले सरोकारवालालाई झकझक्याउनका लागि पनि युवा एकताको आवश्यक्ता औँल्याए ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारकर्मी सूर्यनारायण वि।क।ले सम्मेलनबाट धेरै भन्दा धेरै कुरा सिकेर लाभ लिन सहभागीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘धेरैभन्दा धेरै कुरा सिकेपछि मात्रै ऊ बजारमा बिक्न सक्छ, र बिक्दा पनि सिकेका मान्छेको भाउ बढी हुन्छ ।
सिक्नु र बिक्नु मात्रै ठूलो कुरा नभई टिकीराख्न चुनौतीको विषय हो, त्यसैले तपाईहरु सिक्नुहोस्, बिक्नुहोस् अनि टिक्नुहोस् पनि ।’ सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट सँगै गोर्खा, कास्की पोखरा लगायतका स्थानबाट पनि युवाहरु सहभागी भएका छन् ।
वीरगञ्जबाट अखिल पटेल, सरन गुप्ता, आदर्शशुभम कर्ण लगायत विभिन्न जिल्लाबाट उपस्थित सहभागीहरुले विकास तथा परिवर्तनसँगै नीति एवम् कानुनी जटिलतासहित विभिन्न अजेण्डाहरुमा आधारित भएर बहस एवम् छलफल गर्दै कार्यविधि बनाउनेछन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्