नेपाल तुरहा कल्याण समितिको चौथा केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न

सधारणसभा बाट नयाँ केन्द्रीय समिति चयन भएको छ ।

सम्वादाता | २०७९ पौष १७ गते १२: २७ मा प्रकाशित

वीरगञ्ज - नेपाल तुरहा कल्याण समिति को चौथा केन्द्रीय वार्षिक साधारण सभा रौतहट को बंकुल मा सम्पन्न भएको छ।

राष्ट्रिय पहिचान, जातिय स्वभिमान र आत्मसम्मान रक्षाको लागि तुरहा समुदाय एक जूट होऔ मुल नाराका साथ शनिबार रौतहट जिल्लाको बंकुल मा राष्ट्रिय सधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम मा वक्ताहरुले तुरहा समाज अझै बिभेदमा परेको र सरकारी रिकर्डमा यो समाज अझै पर्न नसकेकोमा दुखेसो पोखेका थिए। हामिलाई अनपढ भएकै कारण समाजे तल जस्ता मान्ने गरेको वक्ताहरुले बताएका थिए।

साधारण सभाका प्रमुख अतिथि माननीय किरण कुमार साह ले तुरहा समाज मा शिक्षा को दर अहिले पनि न्यून रहेको बताए । हामी ले पैसा कमाउनु भन्दा छोरा छोरी लाई शिक्षा दियौ भने हाम्रो समाज अगाडि बढने बताए ।

शिक्षा, स्वास्थ्य, रोजगार भए पछि व्यक्ति को बिकास आफै हुने भएकोले पढन आवश्यक रहेको उनले जोड थिए।

कार्यक्रम मा प्रमुख अतिथि माननीय किरण कुमार साह, बैधिमाई नगरपालिका मा मेयर प्रदिप यादब, समितिका अध्यक्ष बिपिन कुमार तुरहा, प्रमेश्वर साह तुरहा लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सधारणसभा बाट नयाँ केन्द्रीय समिति चयन भएको छ । बिपिन कुमार तुरहाको अध्यक्षताम गठित समितिको उपाध्यक्षमा हरिशंकर साह तुरहा, हरिचन्द्र प्रसाद तुरहा , माहासचिव मा उमेश प्रसाद साह लगायतका १३ जना चयन हुनु भएको जानकारी अध्यक्ष बिपिनले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्