कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता, हेल्थ डेस्कको मेयर सिंहले गरे अनुगमन

कोरोनाभाइरसको संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह बारे जानकारी लिन बुधबार निरीक्षण गर्नुभएको हो ।

सम्वादाता | २०७९ पौष १४ गते ०९: १९ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले मुख्य नाका इनरवामा रहेको स्वास्थ्य हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ ।

कोरोनाभाइरसको संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह बारे जानकारी लिन बुधबार निरीक्षण गर्नुभएको हो ।

अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उहाँले हेल्थ डेस्क का स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

हेल्थ डेस्कमाआवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमीहुननदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उहाँले आग्रहगर्नुभयो ।

हेल्थ डेस्कमाअहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । कोभिड संक्रमण फैलननदिन सबैले सतर्कता अपनाउनु पर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेश द्वारमा रहेको हेल्थको अनुगमनगरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसादपौडेलले बताउनुभयो ।

हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

अहिले दैनिक १ जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने कामगरिरहेको हेल्थ डेस्ककीचिकित्सक डा.अनिसा महतोले जानकारी दिनुभयो ।

स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरेको हेल्थ डेस्ककीचिकित्सक डा.अनिसा महतोले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्