पर्साको एसपीको सरुवा, कोमल शाह काजमा आउँदै

सुरक्षा स्रोतका अनुसार नयाँ सरकार गठन हुनु अगावै गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस निकट एसपीहरुको आकर्षक जिल्लामा काजमा खटाइएको हो ।

सम्वादाता | २०७९ पौष ४ गते १८: ५९ मा प्रकाशित

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) रमेश बस्नेतको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले सोमबार २३ जना एसपीहरुको सरुवा गरेको छ ।

जसमध्ये पर्साको एसपी रमेश बस्नेतलाई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरेको छ ।

बस्नेतको ठाउँमा नेपाल प्रहरी पहरा गण समाखुशी काठमाडौँमा कार्यरत रहेका एसपी कोमल शाहलाई पर्सा काजमा पठाइएको छ । आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले काजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार नयाँ सरकार गठन हुनु अगावै गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस निकट एसपीहरुको आकर्षक जिल्लामा काजमा खटाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्