वीरगन्ज–वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर नगरवासीसँग सुझाव लिन थालेका छन् । नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका सिंहले नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका सुझाव संकलन गर्न सुरु गरेका हुन् । मेयर सिंहले शनिबार विहान वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन् । मेयर सिंहसहित पुगेको टोलीलाई स्थानीयले फुलमाला लगाएर स्वागत गर्दै आफ्नो टोलमा बाटो, नाला र विद्युतीय तारको व्यवस्था मिलाइदिन आग्रह गरे । स्थानीयको समस्या सुन्दै मेयर सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको भन्दै अगाडि आएका समस्या समाधानका लागि तत्काल काम अघि बढाइने बताए । कर्मचारीसहित लिएर पुगेका मेयर सिंहले नयकाटोलाको सडक र नाला निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर काम अघि बढाउन निर्देशन दिए । सँगै रहेका वडा सदस्य दिपेन्द्र राउतले विद्युतीय तारका लागि प्राधिकरणसँगको समन्वयमा तत्काल समस्या समाधान गर्ने गरी काम गर्ने स्थानीयलाई प्रतिबद्धता दिलाए । नयकाटोलाबाट निस्केका मेयर सिंहले वडा नम्वर २४ रामगढवामा पुगेर त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए । ढलानमा प्रयोग भइरहेको छड तथा सिमेन्ट बालुवाको मिश्रण परीक्षणका लागि कर्मचारीलाई निर्देशन दिँदै सडक ढलानको ठेक्का लिएका ठेकेदारलाई पनि मापदण्ड अनुरुप निर्माण गर्न निर्देशन दिए । त्यस लगत्तै रामगढवाका स्थानीयसँग भेट गर्दै उनले त्यहाँको विकासका लागि गर्नु पर्ने कामको सुझाव मागेका थिए । स्थानीयले तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरे । त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्ककको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिए । शनिबार नै मेयर सिंहसहितको टोली वडा नम्वर २७ रामपुर जसौली पुग्यो । तिलाबे नहर वारी नै गाडी रोकेर साँघुरो कल्भर्ट हुँदै पुगेको टोलीलाई त्यहाँका स्थानीयले पुल नहुँदा आफूहरुले समस्या भोगि रहेको भन्दै नहरमा सवारी आउजाउ गर्न मिल्ने पुल बनाइदिन आग्रह गरे । मेयर सिंहले आफूहरु त्यसैको लागि आएको भन्दै सँगै रहेका इन्जिनियर भरत बहादुर थापालाई नापजाँच गरेर इस्टिमेट तयार पार्न निर्देशन दिए । रामपुर जसौलीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने पनि मेयर सिंहले प्रतिबद्धता जनाए । त्यहाँबाट वडा नम्वर २२ जगरनाथपुर फर्केको टोलीले त्यहाँ स्थानीयसँग छलफल गर्दै स्थानीय स्तरमा रहेका समस्याको जानकारी लियो । विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि मेयर सिंह कर्मचारीसहित टोलटोलमा पुग्न लागेका हुन् । मेयर सिंहले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, योजना शाखाका राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा लगायतको टोली लिएर टोल टोल पुगेका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्