वीरगंज -ग्लोबल विजनेश क्लेजमा अध्ययनरत वीवीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ । जाडो मौसममा चिसो बढेसंगै हुने रगत अभावलाई परिपुर्ति गर्नका लागी अयोजना गरेको रक्तदान कार्यक्रममा २० महिला सहित एक सय ३१ जनाले रक्तदान गरेका छन् । वीरगंजको ओम आश्रम नजिकै श्रीपुरस्थित रहेको ग्लोबल विजनेश क्लेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लेजका ११, १२, वीवीएस प्रथम वर्ष र दोश्रो वर्षका विद्यार्थीहरुले रक्तदान गरेका थिए । विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा क्लेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सरार्फले रक्तदान गरि कार्यक्रम उदघाटन गरेका थिए । रक्तदान कार्यक्रममा सिमरण सिंह, विजया ओझैया, सुरभि वर्णवाल, गुडिया वर्णवाल, पुजा गुप्ता, अनु ठाकुर, सरिता मेहता, तेरु नेसा खातुन, आरति वर्णवाल, श्रेया सिह, मुुनि महतो, नोमि मिश्रा, राखि कर्ण, निरुता मुखिया, सुनिता कुमारी लगायत २० महिला सहित १ सय ३१ जनाले रक्तदान गरेका हुन् । ग्लोबल विजनेश क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्रका टोलि प्रमुख धिरेन्द्र झा, ब्लड डोनर्स एशोसिएसनका सचिव अरविन्द सिंह, स्वयमसेवी राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, कलेजका प्रध्यापक ओम प्रकाश श्रेष्ठ, अशोक सरार्फ लगायतको उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्