वीरगञ्ज : पर्साको विभिन्न नाकाहरुवाट दैनिक करोडौ रुपैयाँ बराबरको सामानहरुको व्यापक रुपमा तस्करी भइरहेको छ । वीरगञ्जबाट दैनिक कबाड भनेर अवैध सामान ओसार पोसार रक्सौलतर्फ भइरहेको हो ।
स्रोतका अनुसार भारतको सीमासँंग जोडिएको वीरगञ्जबाट छपकैयाका इमरान मियाँको कबाड तस्करी भइरहेको छ । मियाँले वीरगंजबाट रक्सौलतर्फ दैनिक २० देखि ३० वटा ठेलामा इन्भटरको पुरानो ब्याट्री लगायतको तस्करी गरिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा मियाँले कबाडको सामानभित्र सुन चाँदी, मरिच, केराउ, छोहडा तस्करी गरिरहेको श्रोतको दाबी रहेको छ । कबाडमा पुरानो र नेपालमा चोरी भएको ब्याट्री समेत भारतको रक्सौलतर्फ दैनिक तस्करी भइरहेको छ ।
ठेलामा लोड भएका कबाडमा विभिन्न जनावरहरूको हड्डीको तस्करी मार्फत भारतको रक्सौलमा पठाउने गरेका छन् । चोरी तस्करी धन्धालाई नियन्त्रण गर्नुको सट्टा प्रहरीले उल्टै तस्करलाई संरक्षण गरी तस्करी धन्धालाई बढावा दिएको स्थानीयको पनि गुनासो छ ।
प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली पनि छाएको छ । पछिल्लो समय पर्सामा विभिन्न नाका भएर खुल्लेयाम तस्करी भईरहेको पाएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्